२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना विरुद्धको खोपमा ठूलो सफलता: विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई दियो बधाई

२१ माघ २०७८, शुक्रबार ०४:११

माघ २१, काठमाडौँ । नेपालले  लक्षित जनसङ्ख्याको ७०.७  प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण  मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका  अनुसार बिहीबारसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप लगाउने ८६.९ प्रतिशत र पूर्ण मात्रा लगाउने ७०.७ प्रतिशत पुगेका छन् ।

यस्तै कुल जनसङ्ख्या दुई करोड ९१  लाख ९२ हजार ४८० मध्ये ६८.४ प्रतिशतले कम्तीमा एक मात्रा र ५१.१ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । यसअनुसार कुल जनसङ्ख्याको ५१.१  प्रतिशतले  पूर्ण मात्रा र ६८.४ प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

नेपालले ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप  लगाएकोमा  विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ । सङ्गठनको नेपालस्थित  कार्यालयले उसको आधिकारिक फेसबुक र ट्विटर खातामा १८ वर्ष माथिका  जनसङ्ख्याको ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएर कोसेढुङ्गा पार गरेको उल्लेख गरेको छ । 


- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…