२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा जन्मिने आशमा एक पाकिस्तानी महिलाले टाउकोमा ठोकिन् साढे दुई इन्च लामो किला

२७ माघ २०७८, बिहीबार १०:१०

माघ २७, काठमाडौँ । टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन्। अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन्। साढे दुई इन्च लामो किला आफै गाडेको उनको कुराले अस्पतालका कर्मचारी सशंकित हुन्छन्। त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन्।

एक अन्धविश्वासीले गर्भवती महिलाले टाउकोमा किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन्। वास्तवमा उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए। लेडी रिडिङ अस्पतालका डा हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महसुस गरेको  बताए।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ। अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन वटा छोरी छन्। अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउँदै आएका छन्।

‘उनी तीन महिनाकी गर्भवती रैछन्। पतिको धम्कीका कारण उनी अन्धविश्वासी व्यक्तिमा गएकी रहेछिन’, अस्पतालका एक कर्मचारीले भने।

पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ। विशेषगरी उत्तर पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ। एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन्।

प्रहरीले पीडित महिलामार्फत दोषीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरुसँग सोधपुछ र अन्तर्वार्ता गरेको छ। कर्मचारीले टाउकोबाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो लागेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…