२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आह्वान

२०७८, २८ माघ शुक्रबार ०६:३१

माघ २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई रुसी सैन्य कारबाहीको बढ्दो खतराका कारण तत्काल देश छाड्न आह्वान गरेका छन् । बाइडेनले भने यदि मस्कोले युक्रेनमा आक्रमण गरे अमेरिकीहरूलाई उद्धार गर्न सेना पठाउने छैन।

रुसले सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरे पनि युक्रेनमाथि आक्रमण गर्ने योजनालाई बारम्बार अस्वीकार गर्दै आएको छ। यसले भर्खरै छिमेकी बेलारुससँग ठूलो सैन्य अभ्यास सुरु गरेको छ, र युक्रेनले रुसलाई समुद्रमा आफ्नो पहुँच अवरुद्ध गरेको आरोप लगाएको छ।

बाइडेनको एनबीसी न्युजसँगको कुराकानीलाई उद्दृत गर्दै  लेखेको छ, 'हामी विश्वको सबैभन्दा ठूलो सेनासँग व्यवहार गरिरहेका छौं । यो एकदमै फरक स्थिति हो, घटनाक्रमहरु धेरै छिटो भयानक हुनेछन् । त्यसैले त्यहाँबाट अमेरिकी नागरिकहरु तत्काल फर्कनुपर्छ ।'

उनले रुसी फौजले युक्रेनलाई आक्रमण गरे अमेरिकी सेना त्यहाँ नजाने पनि बताएका छन् ।

केही समययता युक्रेन र रुसबीच तनाव बढिरहेको छ‚ जसमा अमेरिका र युरोपेली युनियनले युक्रेनी सीमामा रूसले आफ्ना सैनिक तैनाथ गर्नु दुखद भएको बताउँदै आएका छन् । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले विभिन्न देशहरूलाई युक्रेनका लागि आफ्नो सैन्य समर्थन बढाउन आग्रह गरेको छ ।

यस विषयमा संयुक्त राज्य अमेरिका र अन्य हतियार आपूर्तिकर्ताहरूसँग वार्ता गर्दै गर्दा युरोपेली युनियनले रुसको र्जा आपूर्तिमा वृद्धि हुने अवस्थामा युरोपमा हुने सम्भावित अवरोधप्रति समेत चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै