पानी खेलेको निहुँमा विद्यार्थीलाई कुटेर मार्ने शिक्षक पक्राउ

Posted on: 15 Feb, 2022

फागुन ३, काठमाडौँ । नाइजेरियामा एकजना १९ महिने उमेरको विद्यार्थीलाई पिटेर मारेको अभियोगमा एक विद्यालयका शिक्षकलाई पक्राउ गरिएको छ ।

डेल्टा राज्यको असावास्थित एउटा नर्सरी एवम् प्राथमिक विद्यालयका ती क्रुर शिक्षकले दिएको यातनाको कारण बालकको शरीरभरि थुप्रै  निलोडाम रहेका छन् । 

नम नखुलाइएका ती शिक्षक सो निजी विद्यालयका मालिकका छोरा भएको अनुसन्धानबाट खुलेको छ । पानीमा खेलिरहेको निहुँमा उनले बालकलाई ज्यानै जानेगरी पिटेका थिए । उनले घटना सम्बन्धमा प्रहरीसमक्ष केही पनि बोलेका छैनन् ।

उनको पिटाइकै कारण गम्भीर बिरामी परेका बालकलाई असावास्थित संघीय चिकित्सा केन्द्रमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

प्रहरी प्रवक्ता डीएसपि डेफ ब्राइटले उनी विरुद्ध ज्यानमारा मुद्दा चलाइने बीबीसीलाई बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!