२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह समारोहमा इनारको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु

२०७८, ५ फाल्गुन बिहीबार ०६:३१

फागुन ५, काठमाडौँ ।भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा राखिएको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा महिला र बालिका रहेका छन् । कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि भेला भएका यी व्यक्ति इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँचिएर सबै इनारमा खसेरका थिए। उक्त घटनामा मृत्यु हुनेमा दुई महिला र ११ बालिका रहेका छन् ।

यस दुर्घटनाको जानकारी दिँदै गोरखपुर रेन्जका एडीजी अखिल कुमारले भने, ‘गाउँमा परमेश्वर कुशवाहा को घरमा विवाहको कार्यक्रम थियो। गाउँका महिलाहरू इनारमा पूजा गर्न भेला भएका थिए। करिब साढे आठ बजे दु:खद घटना भएको हो।' इनारको स्ल्याब फुटेर माथि रहेका सबै मानिस इनारमा खसेको उनले बताए। स्थानीयले सकेसम्म धेरैलाई बाहिर निकालेर तुरुन्त अस्पताल पुर्याएका थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई/दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् भने घाइतेलाई ५०–५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।  

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मोदीले भने, ‘उत्तर प्रदेशको कुशीनगरमा भएको दुर्घटना हृदयविदारक छ । यस घटनामा ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, स्थानीय प्रशासनले सक्दो सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै