अमेरिकामा पहिलो पटक पाइलट विना हेलिकप्टरको उडान

Posted on: 18 Feb, 2022

फागुन ६, काठमाडौँ । अटोमेशन र वार फेयरको दुनियाँमा अमेरिकाको सुपर मशीन " ब्लाक हक " हेलिकप्टरले इतिहास रचेको छ । ब्लाक हक हेलिकप्टरले पहिलो पटक पाइलट विना उडान गरेको छ । यस हेलिकप्टरले लगभग ४००० फिटको उचाईमा ११५ देखि १२५ मिल प्रति घण्टाको रफ्तारले उडान गरेको छ र विज्ञानको दुनियाँमा एउटा नयाँ अध्याय जोडेको छ ।

यस एक्सपेरिमेंट फ्लाइटलाई अमेरिकाको केंटुकी शहरमा उडाइएको थियो । यहाँ कम्प्युटर सिमुलेशनद्धारा एक आभासी शहर तयार गरिएको छ जहाँ भवनको अलावा अन्य रुकावट पनि थियो । ब्लाक हकलाई यी रुकावटबाट बचेर सफलतापूर्वक आफ्नो उडान पूरा गर्नु थियो ।

उडानको दौरान हेलिकप्टरले बनाइएको इमेजनरी –काल्पनिक) भवनबाट बच्नको लागि पनि सफलता हासिल गरेको छ । पायलट रहित ब्ल्याक हक हेलिकप्टरले टेस्टमा सबै मानक पुरा गरेको छ र सफल लैंडिग गरेको छ । रक्षाको क्षेत्रमा अमेरिकालाई मिलेको यो ठूलो सफलताले चीन र रुसको मुश्किल बढ्नु स्वभाविक हो । यो ब्ल्याक हक हेलिकप्टर युद्धमा निर्णायक भूमिका निभाउँदछ । यो तेज रफ्तार हेलिकप्टर्सलाई राडरले इंटरसेप्ट गर्न पनि मुश्किल हुन्छ ।

३ चीजलाई टारगेट गरेर गरियो रिसर्च

कम्प्युटरबाट संचालित गरिएको ब्ल्याक हक हेलिकप्टरको परिक्षण अलियास नामक एक अमेरिकी डिफेंस रिसर्च कार्यक्रम अन्तर्गत गरिएको हो । एलियासको प्रोग्राम मैनेजर स्टुअर्ट यंगले पपुलर साइन्सलाई बताए कि यस रिसर्चलाई ३ लक्ष्य लिएर अगाडि बढाइएको छ । पहिलो सुरक्षासँग जोडिएको थियो । दोश्रो कतै दुर्घटना वा आपदा जस्तो स्थिति हुँदा प्रभावको कम गर्नु र तेश्रो लक्ष्य उडानको लागतमा कमी ल्याउनु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!