२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिवद्धता

२०७८, ६ फाल्गुन शुक्रबार १०:३०

फागुन ६, काठमाडौँ । नेपालका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । साना किसान लघुवित्त वित्तीय संस्था लि।एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि।का अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिईयो झलेन्द्र भट्टराई संगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखी रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् । 

उनले नेपाली साना किसान सदस्यहरुको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारीत प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाले आफुहरुलाई खुसी लागेको बताए । नेपालका ७५ भन्दा बढि जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसंग जोडिएर गाउँतहका साना किसान सदस्यहरुलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यायन गरेर फर्केका धेरै युवाहरु अहिले व्यवसायी बनिरहेका छन् ।

नेपालमै सम्भावनाको ढोका खोलीरहेका छन् । भेटघाटका क्रममा साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि। का अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानहरुले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए । नेपालका युवाहरुलाई इजरायलले प्रशिक्षार्थी विधार्थीका रुपमा अवसर दिएर नेपालका किसानहरुलाई ठूलो गुन लगाएको बताए । इजरायल सरकार र नेपाल स्थित इजरायली राजदूतावास एंव राजदूत हानान गोडरले खेलेका भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले सम्पूर्ण नेपालका किसानहरुको तर्फबाट धन्यवाद व्यक्त गरे । 

उनले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विधार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको बताए । इजरायलमा प्रयोग भएको नविनतम प्रविधिलाई नेपालमा भित्राउन यस कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले पूर्व मेची देखी पश्चिम महाकाली सम्मका युवा किसानहरुलाई समेट्दै यो कार्यक्रममलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । इजरायले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याक लगाएतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको अध्यक्ष पाठकले बताए । 

अहिले इजरायलबाट नेपाल फर्केका युवाहरुले देशकै लागि नमुना योग्य कृषि गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले पनि यस कार्यक्रमलाई साथ दिनुपर्नेमा जोड दिए । इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक एक करोड बरावरको तरकारी विक्रि गरिरहेका छन् । यसैगरी धादिङकै नौ विसेका देवराज आचार्यले पनि उदाहरणिय तकारी खेती गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै