मानिसहरुभन्दा केही मिटर पर मात्रै खस्यो हेलिकप्टर

Posted on: 20 Feb, 2022

फागुन ८, काठमाडौँ । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको स्थान नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ ।यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् ।

मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १:१० मा भएको थियो । 

मियामी बीचको दमकल विभागका प्रवक्ताले एनबीसी न्यूजलाई बताएअनुसार हेलिकप्टरमा चालकसहित तीन जना सवार थिए । उनीहरु तीनैजना घाइते भएका छन् र उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!