२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ई-सेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

९ फाल्गुन २०७८, सोमबार ११:५६

फागुन ९, काठमाडौँ । ई-सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर रकम असुली गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले रौतहट माधव नारायण नगरपालिका-२ घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका शुभम साह र बारा महागढिमाई नगरपालिका १० घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका सर्फराज आलमलाई पक्राउ गरेको हो ।

ठगी गर्ने व्यक्तिले ९८२९४०२०४९ नम्बरबाट ई-सेवाको कर्मचारी बोलेको भनेर पीडितलाई फोन गरी आफ्नै ई-सेवाको अकाउन्टमा ५० हजार रुपैयाँ जम्मा गरेमा २५ सय रुपैयाँ बोनस पाइन्छ भनेर बताएका थिए ।

पछि पीडितले आफ्नो अकाउन्ट रकम जम्मा गरेपछि बोनस प्राप्त गर्नका लागि कुराकानी गर्दा विभिन्न कुरा गरी विश्वासमा पारी पीडितको ई-सेवा आईडीको ओटीपी कोड प्राप्त गरेपश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख २७ हजार ३४८ रुपैयाँ ठगी गरेका थिए ।

ठगी गरेको रकमले टिकटकमा बिक्रीका लागि राखिएको आईफोन १३ प्रो म्याक्स एक लाख ९० हजारमा किन्ने सहमति गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगञ्जबाट पाउने गरी पठाउन लगाएको महाशाखाले जनाएको छ ।

यसैगरी ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिका खातामा समेत पठाइएको पाइएको महाशाखाले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल प्रहरीले अनलाइन माध्यममा हुने यस्ता ठगीबाट जोगिन आफ्नो युजर आईडी तथा पासवर्ड/ओटीपी कसैलाई नदिन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही