२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडेगलेका पाउरोटी र म्याद नाघेका बिस्कुटहरुबाट धुलो बनाएर पुनः कुकिज बनाएर बिक्री वितरण

१० फाल्गुन २०७८, मंगलवार ०५:४४

फागुन १०, काठमाडौँ । म्याद नाघेका अखाद्य सामाग्रीलाई पुनः बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक कम्पनी सिल गरेको छ। महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका २७ सुनकोठीस्थित स्पर्श फुड प्रोडक्ट प्याकेजिङ कम्पनी र त्रितारा फुड्स् एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो । टोलीले सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठलाई पक्राउसमेत गरेको छ।

'यी दुई कम्पनीका नाममा खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमतिसमेत निलई विगत ३ वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुन धुलो बनाई कुकिज टोस्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको फेला पारी खाद्य तथा गुण नियन्त्रण विभागको रहोबरमा दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा नस्ट गरी आवश्यक कारबाही र अनुसन्धान प्रक्रिया कार्य भइरहेको छ,' जारी विज्ञप्तिमा भनिएको छ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार ३ वर्षदेखि म्याद नाघेका कुकिजहरुमा पुनः बटर चकलेट, काजु कुकिज बनाइ बिक्री वितरण गरेको, अत्यधिक सडेगलेका पाउरोटी सुकाएर पुनः कुकिज बनाइ बेचेको र म्याद नाघेका पाउरोटीलाई पुनः क्रन्चि र चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याइएको भेटिएको छ।

बरामद गरिएका ५४ कार्टुन भेनेगर, ३० कार्टुन चिनी, ७ कार्टुन क्रसर पाउडर, १० कार्टुन सुप, ३८५ बोरा अजिना मोटो, १५ कार्टुन बेकिङ पाउडर, ४० बोरा चकलेट पाउडरलगागयत सामग्रीहरु नस्ट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही