२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकलाई चुनौति दिन भन्दै मेटाले ल्यायो टिकटक जस्तै फिचर रिल्स

११ फाल्गुन २०७८, बुधबार ०५:२५

फागुन ११, काठमाडौँ । मेटाले विश्वभरका फेसबुक प्रयोगकर्ताका लागि टिकटक जस्तै फिचर रिल्स सार्वजनिक गरेको छ । जुन विश्वका १५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि आउन लागेको हो ।

फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ एडिटिङ फिचरका साथै विज्ञापनको विकल्प समेत समावेश गरेको छ । हुन त यसमा रहेका अधिकांश फिचर यसअघि यस अघि अमेरिका सहितका ५० देशमा देशमा  उपलब्ध थिए ।

फेसबुक रिल्सका प्रयोगकर्ताले इन्स्टाग्राम रिल्समा जस्तै अन्य भिडिओलाई रिमिक्स अर्थात डोयट गर्न तथा ६० सेकेन्डसम्म लामो भिडिओ क्लिप अपलोड  गर्न सक्नेछन् । यसका साथै फेसबुक प्रयोगकर्ताले रिल्स भिडिओलाई ड्राफ्टमा सेभ गर्न समेत सक्नेछन् ।

मेटाले आगामी महिनामा नयाँ भिडिओ क्लिपिङ टुल्स समेत थप गर्नेछ । जसले क्रियटरलाई लाइभ तथा लामा भिडिओ पब्लिस गर्ने प्रयोगकर्तालाई सहज बनाउनेछ भने रेकर्डेड भिडिओहरूले केही फरक ढाँचाको अनुभव गराउनेछन् ।

मेटाले फेसबुक रिल्समा मनिटाइजेसन अर्थात विज्ञापन समेत थप गर्ने भएको छ । जसमा दुई नयाँ शैली अपनाइनेछः जसमा पहिलो फेसबुक रिल्सको तल्लो भागमा अर्ध पारदर्शी तहको रुपमा ब्यानर विज्ञापन रहनेछ ।

अर्को चाहिँ स्टाटिक स्टिकर विज्ञापन हुनेछ, यसलाई चाहिँ ‘इन-स्ट्रिम एड’ उपलब्ध भएका देशमा रहने क्रियटर आफैँले अन्यत्र राख्न सक्नेछन् । प्रयोगकर्ताले आगामी सातामा रिल्सलाई स्टोरी, वाच ट्याब लगायत फेसबुकका अन्य स्थानमा समेत शेयर गर्न सक्नेछन् ।

यहाँनिर उल्लेखनीय कुरा के छ भने कम्पनीले रिल्सको सफलता झल्काउने कुनै पनि तथ्याङ्क बाहिर ल्याएको छैन । हुन त मेटा स्न्यापच्याटको स्टोरी इन्स्टाग्राममा कपी गर्ने लगायतका कार्यमा सफल रह्यो । तर टिकटकलाई चुनौति दिन भन्दै फेसबुकले ल्याएको रिल्सको भविष्य के हुन्छ, त्यो चाहिँ अझै अनिश्चित नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही