२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्तीलाई खाना पस्किन ढिलो भएपछि विवाह नै नगरी फर्किए दुलाहा

२०७८, ११ फाल्गुन बुधबार ०६:२३

फागुन ११, काठमाडौँ । भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन् । बतौना गाउँको ईस्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो । 

कर्मकाण्ड चल्दै गर्दा जन्तीलाई खाना खुवाउन ढिलाइ भएको थियो । त्यसले गर्दा दुलाहा, उनका पिता र साथीहरू रिसाए । 

विवाह नै नगरी दुलाहा फर्किए । दुलही पक्षले उनलाई फकाउन धेरै कोशिश गरेको भए पनि उनीहरू रोकिएनन् । 

दुवै पक्षबीच कुरा मिलाउनका लागि धेरैपटक वार्ता भयो तर कुरा झनै बिग्रियो । 

दुलाहाका पिताले ढिलो गरी खाना आएको रिसमा खानाको खर्च र बाइकसँगै दाइजोमा आएका अन्य कुरा पनि दुलहीपक्षलाई फर्काइदिए । 

घटनापछि दुलहीकी आमाले कस्बा प्रहरी चौकीमा दुलाहा र उसका पिताविरुद्ध उजुरी दायर गरेकी छन् । उजुरी दर्ता भएपछि दुलाहाका पिताले बिहेमा भएको खर्च फर्काए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै