२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अनुमोदन भएसँगै काठमाडौँमा बम आतंक

१७ फाल्गुन २०७८, मंगलवार ११:५६

फागुन १७, काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै काठमाडौँमा बम आतंक मच्चिएको छ । केही दिनयता उपत्यकाका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परिरहेका बेला आज पनि भक्तपुरको कौशलटार र पेप्सीकोलामा बम भेटिएको हो ।

पेप्सीकोलामा एकै ठाउँ तीनवटा बम भेटिएको प्रहरीले जनाएको छ । मनोहरा पुलबाट तीन सय मीटर पर टिभी टुडे रहेको भवनअगाडि सडक र खोलाको बीच फोहोर फाल्ने ठाउँमा बम भेटिएको हो ।

बम कसले राखेको भन्‍ने अहिलेसम्म जानकारी प्राप्त भएको छैन । बम राख्नेहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । बम डिस्पोजका लागि नेपाली सेनाको इओड़ी होल्डिङ्गबाट क्याप्टेन सन्जीववमणि लामिछानेको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको छ ।

यसअघि आजै कौशलटारमा राखिएको नक्कली बम सेनाले डिस्पोज गरेको थियो । कमलधारास्थित मिलिजुली हार्डवयेरको दक्षिणपट्टी सटर अगाडि पेटीमा राखिएको शंकास्पद बस्तु डिस्पोज गर्दा बिजुलीको तार, ईट्टाको धुलो र नो एमसीसी लेखिएको कार्ड भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही