२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको एक महिनाअघि मतपत्र छापिने

१८ फाल्गुन २०७८, बुधबार ०२:२६

फागुन १८, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पुर्‍याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताए । 

आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ । आयोगले वैशाख ३० गतेका लागि निर्धारित मतदानभन्दा करिब एक महिनाअघि नै मतपत्र छाप्ने कार्य सुरु गर्नेछ । स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि बढीमा १५ दिनको अवधि रहने गरी प्रकाशन गर्नुपर्छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “वैशाख १७ गतेबाट छाप्न सुरु गरेर ३० गतेभित्र मतदान स्थलमा पुग्ने सम्भावना देखिन्न, त्यसैले मतपत्र छपाइ एक महिनाअघि नै सुरु हुनेछ ।” आयोगले कुन पालिकामा कति उम्मेदवार हुने अनुमान गरेर मतपत्र छाप्ने प्रक्रिया सुरु गर्नेछ । जिल्लामा सक्रिय राजनीतिक दलको सङ्ख्यामा केही थप गरेर चुनाव चिह्न राखेर मतपत्र छापिने प्रवक्ता पौडेलले बताए । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही