२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसिया-युक्रेन युद्ध: नेपालको मुद्रास्फीति दोहोरो अंकमा पुग्ने आँकलन

१८ फाल्गुन २०७८, बुधबार ०२:३२

फागुन १८, काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आँकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै चुलिएको मुद्रास्फीतिमा दुई देशबीचको तनावले आगोमा घिउ थप्ने काम गर्ने अनुमान गरिएको हो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ७ प्रतिशतभन्दा तल मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरमा ७.११ प्रतिशत तथा पुसमा ५.६५ प्रतिशत मुद्रास्फीति रहेको थियो । तर, जलवायु परिवर्तन, भू-राजनीति, आर्थिक गतिविधिमा भएको विस्तार आदिका कारण मूल्यमा निकै चाप पर्ने देखिएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए। उनका अनुसार मूल्यवृद्धि दोहोरो अंकको आसपासमा पुग्ने देखिएको छ।

‘कृषि उपजमा जलवायु परिवर्तनको प्रभाव पर्दा उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरूमा त्यसको असर परिरहेको छ। तेल, दलहन तथा गहुँको उत्पादन र आपूर्तिलाई पनि जलवायु परिवर्तनको असरले असहज | बनाएको देखिन्छ,' उनले भने । 

- आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही