२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा थप कडाइ, भिजिट व्यवसायीको इजाजत खोसिने

२० फाल्गुन २०७८, शुक्रबार ०३:१६

फागुन २०, काठमाडौँ । भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो।

भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ। 

चप्पल लगाएर पनि भिजिटका नाममा विदेशमा गई बिचल्ली पर्ने गरेको देखिएकाले यस्तो प्रावधान राखिएको गृह मन्त्रालयका प्रवक्ता एवं कार्यदल संयोजक फणीन्द्रमणि पोखरेलले बताए। ‘जतिसक्दो छिटो कार्यविधि बनाएर भिजिटमा जानेमाथि कडाइ हुन्छ’, प्रवक्ता पोखरेलले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यागमन विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै कार्यविधि बनाउने भएका छन्। 

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ। वैदेशिक रोजगारमा श्रमस्वीकृति लिने प्रक्रिया झन्झटिलो भएकाले सेटिङमा भिजिटमा पठाएर गन्तव्य मुलुकमा श्रममा लगाउने गरिएको थियो। वैदेशिक रोजगार व्यवसायीले भिजिट एवं कुनै तरिकाबाट पठाएको पाइएमा उनीहरूको इजाजत खोसिने भएको छ। अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गर्न कार्यदलले सुझाएको छ। 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही