२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

२०७८, २२ फाल्गुन आईतवार १०:५३

फागुन २२, काठमाडौँ  ।  आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन्दा धेरै ठगी गरे ।

जब ती व्यक्तिको पोल खुल्न पुग्यो तब सबै हैरान भए । ठगीको यस्तो उपाय पनि हुन्छ भन्ने धेरैले कल्पना पनि गरेका थिएनन् ।

बच्चाको हेरचाह र पालनपोषणका लागि सरकारले दिने रकम दम्पच पार्नका लागि ती व्यक्तिले आफ्ना १ सय ८८ जना बच्चा रहेको भन्ने नक्कली कागज पेस गरेर बेलायत सरकारबाट झण्डै ३० करोड रुपैयाँ बराबरको रकम हात पारेका थिए ।

अली बाना मोहम्मद नामका ती व्यक्ति आफ्ना १८८ जना नकक्ली बच्चाको सूची तयार पार्नका लागि केही साथी तथा नातेदारको सहयोग लिएका थिए । तर खासमा उनका एकजना पनि बालबच्चा छैनन् ।

उनले आफ्ना सारा १८८ जना काल्पनिक बच्चाको जानकारी आफ्नो डायरीमा लेखेका थिए । त्यसैको आधारमा उनले गुजारा भत्ता लिनका लागि सरकारी निकायमा दाबी पेश गर्दथे । राजश्व तथा भन्सारका अनुसन्धानकर्ताहरुलाई आशंका नहुँदासम्म उनले बच्चाको पालन खर्च र करछुटबापत करोडौं रकम झ्वाम पारेका थिए ।

दुईवटा फोन नम्बरबाट धेरैपटक रकम दाबीका लागि फोन आउने गरेको र बच्चाको नामचाहिं पटकै पिच्छे फरक-फरक हुने गरेको पाएसँगै पेन्सन विभागलाई शंका लाग्यो । त्यसपछि घटनाको अनुसन्धान सुरु गरियो जसबाट उक्त ठगीको पर्दाफास भयो ।

उक्त काण्डमा संलग्न ६ जनालाई अन्ततः बेलायतको लिभरपुल क्राउन अदालतले कूल १३ वर्षको जेल सजाय सुनाएको छ । यसका मास्टरमाइन्ड अर्थात् १ सय ८८ काल्पनिक बच्चाको नक्कली पिता अलीलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ । अली यसअघि १६ वर्ष जेल बसिसकेका छन् ।

अनुसन्धानका क्रममा अलीले विभिन्न ७० वटा फरक फरक नामबाट कुल १ सय ८८ बच्चाको लागि पालनपोषण खर्च लिएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन