२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

२२ फाल्गुन २०७८, आईतवार १०:५३

फागुन २२, काठमाडौँ  ।  आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन्दा धेरै ठगी गरे ।

जब ती व्यक्तिको पोल खुल्न पुग्यो तब सबै हैरान भए । ठगीको यस्तो उपाय पनि हुन्छ भन्ने धेरैले कल्पना पनि गरेका थिएनन् ।

बच्चाको हेरचाह र पालनपोषणका लागि सरकारले दिने रकम दम्पच पार्नका लागि ती व्यक्तिले आफ्ना १ सय ८८ जना बच्चा रहेको भन्ने नक्कली कागज पेस गरेर बेलायत सरकारबाट झण्डै ३० करोड रुपैयाँ बराबरको रकम हात पारेका थिए ।

अली बाना मोहम्मद नामका ती व्यक्ति आफ्ना १८८ जना नकक्ली बच्चाको सूची तयार पार्नका लागि केही साथी तथा नातेदारको सहयोग लिएका थिए । तर खासमा उनका एकजना पनि बालबच्चा छैनन् ।

उनले आफ्ना सारा १८८ जना काल्पनिक बच्चाको जानकारी आफ्नो डायरीमा लेखेका थिए । त्यसैको आधारमा उनले गुजारा भत्ता लिनका लागि सरकारी निकायमा दाबी पेश गर्दथे । राजश्व तथा भन्सारका अनुसन्धानकर्ताहरुलाई आशंका नहुँदासम्म उनले बच्चाको पालन खर्च र करछुटबापत करोडौं रकम झ्वाम पारेका थिए ।

दुईवटा फोन नम्बरबाट धेरैपटक रकम दाबीका लागि फोन आउने गरेको र बच्चाको नामचाहिं पटकै पिच्छे फरक-फरक हुने गरेको पाएसँगै पेन्सन विभागलाई शंका लाग्यो । त्यसपछि घटनाको अनुसन्धान सुरु गरियो जसबाट उक्त ठगीको पर्दाफास भयो ।

उक्त काण्डमा संलग्न ६ जनालाई अन्ततः बेलायतको लिभरपुल क्राउन अदालतले कूल १३ वर्षको जेल सजाय सुनाएको छ । यसका मास्टरमाइन्ड अर्थात् १ सय ८८ काल्पनिक बच्चाको नक्कली पिता अलीलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ । अली यसअघि १६ वर्ष जेल बसिसकेका छन् ।

अनुसन्धानका क्रममा अलीले विभिन्न ७० वटा फरक फरक नामबाट कुल १ सय ८८ बच्चाको लागि पालनपोषण खर्च लिएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही