२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लालपुर्जा बाँड्न सहरी विकासमन्त्री झाँक्री र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठबीच होडबाजी

२८ फाल्गुन २०७८, शनिबार ०२:२३

फागुन २८, काठमाडौँ । नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम तय गरिएको थियो।

राष्ट्रिय आवास कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्रीको हैसियतबाट झाँक्रीलाई प्रमुख अतिथि बनाइएको थियो। काठमाडौंबाट लालपुर्जा बाँड्न जाने मन्त्री र उनका निजी सचिव, स्वकीय सचिव तथा मन्त्रालयका उच्च कर्मचारीका लागि टिकटको व्यवस्था पनि भइसकेको थियो।

२८ गते बिहानै मन्त्री झाँक्री नेतृत्वको टोली नवलपरासी जाने कार्यक्रम थियो। अकस्मात् अघिल्लो दिन दिउँसो नापी कार्यालय नवलपरासीले लालपुर्जा नै तयार नभएको जानकारी गरायो। नापीले लालपुर्जा नबनाएपछि मन्त्रीको कार्यक्रम स्थगित भयो।

भूमि व्यवस्था मन्त्रालयमातहत रहेको नापी कार्यालयले मन्त्रालयकै निर्देशनमा लालपुर्जा नबनाएको आरोप लागेको छ। मन्त्रालयको निर्देशनपछि लालपुर्जा वितरणको काम रोकिएको स्रोतले बतायो। यसबाट भूमिहीनलाई लालपुर्जा बाँड्न सहरी विकासमन्त्री झाँक्री र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठबीच होडबाजी चलेको देखिएको छ। यो विवाद अझै सल्टिएको छैन।

‘लालपुर्जा बाँड्ने काम भूमि व्यवस्था मन्त्रालयको हो भन्ने भूमि व्यवस्थामन्त्रीज्यूको बुझाइ रह्यो,’ भूमि व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘यसमा सहरी विकास मन्त्रालयले आफ्नो अधिकारक्षेत्र नाघेको उहाँको दाबी छ।’ 

 - यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता