२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भान्सामा अत्यावश्यक धनियाँदेखि तेलसम्म युक्रेन र रुसबाट

२०७८, ३० फाल्गुन सोमबार ०२:५४

फागुन ३०, काठमाडौँ । नेपाली भान्साको पहिचान नै हो- तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात-निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन्।

युक्रेन र रूसबाट ल्याइरहेको सामान अब अरू देशबाट ल्याउँदा धेरै महँगो पर्छ। युक्रेनबाट प्रत्यक्ष रूपमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबराबरको ४५ प्रकारका सामान भित्रिएको भन्सार विभागको तथ्यांक छ। नेपालले यही अवधिमा रूसबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजार रुपैयाँको ९१ प्रकारका वस्तु ल्याएको छ। यो तथ्यांक चालू आर्थिक वर्षको सात महिना अर्थात् माघसम्मको हो।

युक्रेनबाट यही अवधिमा १ करोड १२ लाख ३३ हजार रुपैयाँको १ लाख ६८ हजार किलो केराउ भित्रिएको छ ।१ लाख १० हजार २ सय ६० किलो धनियाँको बीउ ल्याउँदा १ करोड १९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ। ३ अर्ब ९५ करोड ३७ लाख २४ हजारको ४ करोड ४५ हजार ५७ किलो तोरीको दाना खरिद गरिएको छ। ४८ लाख ४३ हजार ९ सय ८८ लिटर कच्चा सोयाबिन तेल ७९ करोड ४७ लाख ९० हजारमा आयात गरिएको छ। ५ करोड ७३ लाख ६४ हजार ४५८ लिटर सूर्यमुखी तेल ९ अर्ब ५१ करोड ६३ लाख ६० हजार रुपैयाँमा आयात भएको छ । यसबाहेक १ लाख ८९ लिटर सूर्यमुखीको बीउ र कुसुमको तेल ३ करोड ७५ लाख ८४ हजार रुपैयाँको आयात भएको छ। कुकुर र बिरालोको खाना ८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ९१ किलो आयात गरिएको छ। 

- आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै