२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाइसेन्स परीक्षामा पासलाई फेल र फेललाई पास

५ चैत्र २०७८, शनिबार ०४:३०

चैत ५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ।

अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनियमितता गरेको अख्तियारले जनाएको छ । 

त्यतिबेला १ सय ६८ जना परीक्षार्थीको नतिजा फेरबदल गरिएको अख्तियारले दाबी छ।२०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्य गरेको अख्तियारले जनाएको छ। 

- यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा