२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इलामदेखि जाजरकोटसम्म नौवटा सुरुङमार्ग !

२०७८, १० चैत्र बिहीबार ०३:२४

चैत १०, काठमाडौँ । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो ।

सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर–मझिमटार (चितवन) र सुनमाई–राजदुवाली (इलाम) सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसैगरी बागलुङ–बेउ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, नवलपरासीको दुम्कीबास–बर्दघाट र कास्कीको हेम्जा–नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ । त्यसैगरी रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला) सडक सुरुङ जाजरकोट/जुम्ला, प्रवाश–जोरटे (पाल्पा) सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ । प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन पचास/पचास लाख रुपियाँको लागतमा गरिने अनुमान गरिएको छ । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते