२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नबिल र बंगलादेश बैंकको मर्जरमा

२०७८, २७ चैत्र आईतवार ११:२७

चैत्र २७, काठमाडौँ | डेढ महिनायता ‘क’ वर्गका दुई ठूला बाणिज्य बैंकहरू नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्जर प्रकृया अघि बढेको छ । एउटै व्यक्ति वा संस्था दुईवटा बैंकमा सञ्चालक भए मर्जरमा जानुपर्ने नीति राष्ट्र बैंकले बनाएको छ । 

यस्तो नीति बनेपछि नबिल र बंगलादेश बैंकले मर्जर प्रकृया अघि बढाएका हुन् । दुवै बैंकमा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको लगानी छ । नबिल स्थापनादेखि चौधरी परिवारको लगानी छ भने बंगलादेश बैंकमा रहेको बंगलादेशी साझेदारीको सेयर बिनोद चौधरीले आफ्नो श्रीमती सारिकाको नाममा खरिद गरेका थिए । यसरी दुवै संस्थामा आफ्नो लगानी भएको बैंकलाई राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रकृया अघि बढाएका बेला राष्ट्र बैंकको संचालक समितिका एक सदस्यले आर्थिक चलखेल शुरु गरेको आरोप लागेको छ । जुन कुरा अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार आयोजित कार्यक्रमबाटै खुलासा गरेका थिए । 

तत्कालीन केपी ओली सरकारका बेला एमालेबाट सञ्चालक समिति सदस्यमा सिफारिस भएका एक सञ्चालक समिति सदस्यले नबिल बैंकका एक अधिकारीलाई मोबाइलमा सन्देश पठाउँदै मर्जर प्रकृया छिटो अघि बढाइदिने र मर्जरपछिका सुविधामा पनि सहज बनाइदिने भन्दै पैसा मागेको अर्थ मन्त्रालय स्रोतका भनाइ छ । 

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको यस्तो हर्कतलाई नबिल बैंकका अधिकारीहरुले अनपेक्षित भन्दै गर्भनर महाप्रसाद अधिकारीलाई रिर्पोटिङ गरेका थिए । ‘घुस’ माग्ने सञ्चालक समिति सदस्यलाई कारबाही हुने अपेक्षामा नबिल बैंकका अधिकारीले गभर्नरसँग सहयोग मागे पनि उनले यस बिषयमा कुनै प्रकृया अघि बढाएनन् । 

निरन्तरको ताकेतापछि नबिलका अधिकारीहरुले सल्लाह गरेर ५ हजार डलर मात्रै दिन सकिने एसएमएस पठाएका थिए । तर, ती सदस्यले मागे जति (३० हजार डलर) नै पैसा चाहिने र छिटो गर्नुपर्ने भन्दै दबाब सृजना गरेको बताइएको छ । 

नबिलका अधिकारीहरुले महाप्रसाद अधिकारीले समेत ‘घुस’ माग्ने संचालक समिति सदस्यलाई केही नभनि चुप बस्नु अनौठो भएको भन्दै आफ्ना निकटस्थहरुसँग दुःखेसो गर्न थालेका छन् । बैंक मर्जरपछि कर्पोरेट करमा छुट पाउने, एक वर्षपछि मात्रै ऋण पत्र जारी गर्नुपर्नेलगायतका सुविधा हुन्छ । यस्ता सुविधामा सहजीकरण गर्ने प्रस्ताव गर्दै राष्ट्र बैंकका ती सञ्चालकले नबिलका अधिकारीसँग घुसको प्रस्ताव गरेका हुन् । 

निलम्बित गर्भनर अधिकारीबाट कुनै सुनुवाई नभएपछि नबिलका अधिकारीले अर्थ मन्त्रालयलाई गुनासो राखेका थिए । ती सदस्यले घुस मागेको प्रमाणसहित अर्थलाई गुनासो आएपछि अर्थ मन्त्रालयले गर्भनर अधिकारीलाई बोलाई सबुत प्रमाणका आधारमा  कारबाही गर्न र वित्तीय अनुशासन तथा अपारदर्शी आर्थिक कारोबारमा संलग्न नहुन निर्देशन दिएको थियो । तर, गर्भनर अधिकारीले अर्थ मन्त्रालयको निर्देशनसमेत अटेर गरी नबिल अधिकारीबाट उठाउन खोजिएको घुस रकमबारे मौन बसेका थिए ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यले पैसा माग्दै म्यासेज गरेपछि नबिल र बंगलादेश बैंक बीचको मर्जर प्रकृया अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा