२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नबिल र बंगलादेश बैंकको मर्जरमा

२७ चैत्र २०७८, आईतवार ११:२७

चैत्र २७, काठमाडौँ | डेढ महिनायता ‘क’ वर्गका दुई ठूला बाणिज्य बैंकहरू नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्जर प्रकृया अघि बढेको छ । एउटै व्यक्ति वा संस्था दुईवटा बैंकमा सञ्चालक भए मर्जरमा जानुपर्ने नीति राष्ट्र बैंकले बनाएको छ । 

यस्तो नीति बनेपछि नबिल र बंगलादेश बैंकले मर्जर प्रकृया अघि बढाएका हुन् । दुवै बैंकमा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको लगानी छ । नबिल स्थापनादेखि चौधरी परिवारको लगानी छ भने बंगलादेश बैंकमा रहेको बंगलादेशी साझेदारीको सेयर बिनोद चौधरीले आफ्नो श्रीमती सारिकाको नाममा खरिद गरेका थिए । यसरी दुवै संस्थामा आफ्नो लगानी भएको बैंकलाई राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रकृया अघि बढाएका बेला राष्ट्र बैंकको संचालक समितिका एक सदस्यले आर्थिक चलखेल शुरु गरेको आरोप लागेको छ । जुन कुरा अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार आयोजित कार्यक्रमबाटै खुलासा गरेका थिए । 

तत्कालीन केपी ओली सरकारका बेला एमालेबाट सञ्चालक समिति सदस्यमा सिफारिस भएका एक सञ्चालक समिति सदस्यले नबिल बैंकका एक अधिकारीलाई मोबाइलमा सन्देश पठाउँदै मर्जर प्रकृया छिटो अघि बढाइदिने र मर्जरपछिका सुविधामा पनि सहज बनाइदिने भन्दै पैसा मागेको अर्थ मन्त्रालय स्रोतका भनाइ छ । 

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको यस्तो हर्कतलाई नबिल बैंकका अधिकारीहरुले अनपेक्षित भन्दै गर्भनर महाप्रसाद अधिकारीलाई रिर्पोटिङ गरेका थिए । ‘घुस’ माग्ने सञ्चालक समिति सदस्यलाई कारबाही हुने अपेक्षामा नबिल बैंकका अधिकारीले गभर्नरसँग सहयोग मागे पनि उनले यस बिषयमा कुनै प्रकृया अघि बढाएनन् । 

निरन्तरको ताकेतापछि नबिलका अधिकारीहरुले सल्लाह गरेर ५ हजार डलर मात्रै दिन सकिने एसएमएस पठाएका थिए । तर, ती सदस्यले मागे जति (३० हजार डलर) नै पैसा चाहिने र छिटो गर्नुपर्ने भन्दै दबाब सृजना गरेको बताइएको छ । 

नबिलका अधिकारीहरुले महाप्रसाद अधिकारीले समेत ‘घुस’ माग्ने संचालक समिति सदस्यलाई केही नभनि चुप बस्नु अनौठो भएको भन्दै आफ्ना निकटस्थहरुसँग दुःखेसो गर्न थालेका छन् । बैंक मर्जरपछि कर्पोरेट करमा छुट पाउने, एक वर्षपछि मात्रै ऋण पत्र जारी गर्नुपर्नेलगायतका सुविधा हुन्छ । यस्ता सुविधामा सहजीकरण गर्ने प्रस्ताव गर्दै राष्ट्र बैंकका ती सञ्चालकले नबिलका अधिकारीसँग घुसको प्रस्ताव गरेका हुन् । 

निलम्बित गर्भनर अधिकारीबाट कुनै सुनुवाई नभएपछि नबिलका अधिकारीले अर्थ मन्त्रालयलाई गुनासो राखेका थिए । ती सदस्यले घुस मागेको प्रमाणसहित अर्थलाई गुनासो आएपछि अर्थ मन्त्रालयले गर्भनर अधिकारीलाई बोलाई सबुत प्रमाणका आधारमा  कारबाही गर्न र वित्तीय अनुशासन तथा अपारदर्शी आर्थिक कारोबारमा संलग्न नहुन निर्देशन दिएको थियो । तर, गर्भनर अधिकारीले अर्थ मन्त्रालयको निर्देशनसमेत अटेर गरी नबिल अधिकारीबाट उठाउन खोजिएको घुस रकमबारे मौन बसेका थिए ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यले पैसा माग्दै म्यासेज गरेपछि नबिल र बंगलादेश बैंक बीचको मर्जर प्रकृया अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ