चन्दा उठाएको पैसा चैतभित्र फिर्ता गर्न विप्लवको निर्देशन

Posted on: 10 Apr, 2022

चैत्र २७, काठमाडौँ | विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताएका हुन् | उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा

भिम चापागाईँले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ ।  उनले पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर उनले पैसा खाएको सर्कुलरमा उल्लेख गरेका छन् । विप्लवले सो पैसा चैत्र मसान्तभित्र पार्टीमा बुझाउन पनि निर्देशन दिएका छन् । 

चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको, संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएर शंकास्पद गतिविधि गरेकोले केन्द्रीयस्तरबाटै छानविन गर्ने  पनि विप्लवले जनाएका छन् । 

पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने पनि विप्लवको पार्टीले निर्णय गरेको छ । विप्लवको सर्कुलरमा  चितवनमा विवेक शाहको जग्गा मुद्दाबारे छानविन गर्ने पनि उल्लेख गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!