१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

५ जेष्ठ २०७९, बिहीबार ००:४७

जेठ ५, काठमाडौँ । सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ । 

कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको तीन उडान गर्ने तय भइसकेको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने जाने नेपाली र लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो विमानस्थलमा हाल काठमाडौँमा उडान गर्दै आएका अन्य विदेशी हवाई कम्पनीले चासो बढाएका हुन् ।

भैरहवामा उडान गर्न श्रीलङ्कन एयरलाइन्स, कतार एयरवेज, एयर अरेबिया, थाइल्यान्डको थाई स्माइल, ओमानको सलाम एयरले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहेका छन् । प्राधिकरणका अनुसार एयर अरेबिया, सिङ्गापुर एयरलाइन्स, कम्बोडिया एयरवेज, स्माइल, सलाम एयरलगायतका हवाई कम्पनीले साउनभित्रै उडान गर्ने तयारी गर्दै प्राधिकरण तथा ट्राभल एजेन्सीसँग छलफलसमेत गरिरहेका छन् तर यी कम्पनी अनुमति लिने प्रक्रियामा भने गइसकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार