२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्यालेट बक्स’मा लौरो

२०७९, ५ जेष्ठ बिहीबार ००:४९

जेठ ५, काठमाडौँ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ ।

यो क्रम बुधबारसम्म निरन्तर जारी छ । पाँच वर्षअघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने रणनीति बनाएर अघि बढेका बालेन ‘ब्यालेट बक्स’मा मतदाताको मत लिन सफल भए । युवादेखि वृद्धसम्मले उनलाई मत दिनुमा विशेषगरी राजनीतिक दलका नेतृत्वले मेयरमा उठाएका उम्मेदवारका कारण पनि हो । बालेनले पाएको मतले अहिले राजनीतिक दलका नेता सोच्न बाध्य छन् ।

कांग्रेस र एमालेका नेताले बालेनको पाएको मतलाई स्वाभाविक रूपमा समेत लिएका छन् । बालेनका मतको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूको मतको सम्मान गर्नुपर्ने बताएका छन् भने एमाले सचिव योगेश भट्टराईले उम्मेदवार चयनमा पार्टी चुकेको टिप्पणी गरेका छन् । 

- आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता