१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्यालेट बक्स’मा लौरो

५ जेष्ठ २०७९, बिहीबार ००:४९

जेठ ५, काठमाडौँ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ ।

यो क्रम बुधबारसम्म निरन्तर जारी छ । पाँच वर्षअघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने रणनीति बनाएर अघि बढेका बालेन ‘ब्यालेट बक्स’मा मतदाताको मत लिन सफल भए । युवादेखि वृद्धसम्मले उनलाई मत दिनुमा विशेषगरी राजनीतिक दलका नेतृत्वले मेयरमा उठाएका उम्मेदवारका कारण पनि हो । बालेनले पाएको मतले अहिले राजनीतिक दलका नेता सोच्न बाध्य छन् ।

कांग्रेस र एमालेका नेताले बालेनको पाएको मतलाई स्वाभाविक रूपमा समेत लिएका छन् । बालेनका मतको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूको मतको सम्मान गर्नुपर्ने बताएका छन् भने एमाले सचिव योगेश भट्टराईले उम्मेदवार चयनमा पार्टी चुकेको टिप्पणी गरेका छन् । 

- आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार