२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एसलाई धोका !

२०७९, ५ जेष्ठ बिहीबार ००:५१

जेठ ५, काठमाडौँ । एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्।

नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदासयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ। ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत नदिएको निर्वाचन परिणामबाट देखिएको बताए। उनका अनुसार गठबन्धन नेतृत्वले सिट बाँडफाँटमा देशभर नेकपा एसलाई धोका दिएको र मतदानमा पनि यसको असर देखिएको छ।

काठमाडौंको शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतका नेकपा एसलाई गठबन्धन दलबाट धोका भएको देखिएको छ। काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन दलबाट धोका भएको महसुस नेकपा एसले गरेको छ। 

- आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै