२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब एमालेको रणनीति ‘दूधभात’

२०७९, ६ जेष्ठ शुक्रबार ०२:२६

जेठ ६, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली काँग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ। यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो।

स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशाख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, 'जसले दूधभात बढी दिन्छ उसैतिर हुन्छ ऊ, अर्कोपटक हामीले दूधभात दिन्छौं ।' चुनावी दौडधुपमा रहेका ओलीले वर्तमान सत्ता गठबन्धन भत्कन सक्ने र त्यसका लागि दूधभातको आवश्यकता रहेको संकेत गरेका थिए। २०७४ सालमा भएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। त्यसबेला एमालेले माओवादीलाई बढी सिट दिएको थियो । बढी सिट पाएपछि माओवादी केन्द्र तत्कालीन सत्ता साझेदार कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गर्न आएको थियो। 

- आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै