१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो, इमरान खानले गरे मोदी सरकारको तारिफ

८ जेष्ठ २०७९, आईतवार ०५:३०

जेठ ८, काठमाडौं | भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ। केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। यससँगै वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री उज्ज्वला ग्यास योजनाका लाभार्थीहरूलाई २०० रुपैयाँ अनुदान दिने घोषणा पनि गरिन्।

भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई ठूलो राहत दिएको छ । मोदी सरकारको यो निर्णयको असर पाकिस्तानमा पनि परेको छ।


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत सरकारको यो निर्णयको प्रशंसा गरेका छन्। उनले ट्वीट गर्दै मोदी सरकारको तारिफ गरेका छन्।

‘क्वाडको हिस्सा भएर पनि भारत अमेरिकाको दबाबमा झुकेन र रुसबाट सस्तो तेल किनेर आफ्ना जनतालाई राहत दिएको छ। हाम्रो सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेर यही हासिल गर्न काम गरिरहेको थियो।', उनले लेखेका छन्, ' हाम्रो सरकारको लागि पाकिस्तानको हित सबैभन्दा माथि थियो तर दुर्भाग्यवश यहाँ मीर जाफर र मीर सादिक बाहिरी दबाबमा षड्यन्त्रका मोहोरा बने र अहिले उनीहरू अर्थतन्त्रलाई घाटामा लैजान लागेका छन्। '

इमरान खानले भारतको प्रशंसा गरेको यो पहिलो पटक भने होइन। यसअघि एक र्‍यालीमा उनले छिमेकी मुलुकको परराष्ट्र नीति जनताको हितमा भएको बताएका थिए। 

शनिबार साँझ भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ  अन्तःशुल्क घटेको घोषणा गरिन्।  

मार्चमा पाँच राज्यको निर्वाचन सकिएपछि पेट्रोल र डिजेलको मूल्य बढ्न थालेपछि पेट्रोलले प्रतिलिटर सय रुपैयाँ नाघेको थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने