२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बलात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट पक्राउ

२०७९, ८ जेष्ठ आईतवार ०९:४३

जेठ ८, काठमाडौँ | बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् ।

उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए । ४० दिनको कार्यकाल सकिएपछि बिदाइ समारोहमा उनीसँगै ड्युटी गरेका प्रहरीले कमललाई हतकडी लगाए । अहिले उनी जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन् ।

२०७४  मा उदयपुरमा भएको बलात्कारको घटनामा अदालतले कमललाई दोषी ठहर गरेको छ । उदयपुरको ताप्ली गाउँपालिका (साबिक रुपाटार–५) स्थित सानो गहतेमा बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई कमलले बलात्कार गरेको आरोप लाग्यो । उनी पनि बस्तु चराउन गएका थिए ।

आरोपी लागेपछि उनी परिवारसँग त्यहाँबाट बसाई सरेर झापा गएका हुन् ।  झापामा उनको परिवार भद्रपुर नगरपालिका–७ मा बस्दै आएको छ । २०७४ मा प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गराएको थियो । मुद्दा चलिरह्यो । जिल्ला अदालत उदयपुरले २०७७ मङ्सिर २३ मा कमललाई ९ वर्ष कैद १ लाख जरिवाना हुने फैसला गरेको छ ।

बलात्कार मुद्दामा दोषी ठहर भएपछि प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टममा इन्ट्री गरिएको हुन्छ । तर, म्यादी प्रहरीमा छनोट गर्दा छनोटमा संलग्न अधिकारीहरूले क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)को तथ्याङ्कमा ध्यान दिएनन् ।

टिकटकबाट खुल्यो पोल

कमल उनका ज्वाइँसँगै म्यादीमा भर्ना भएका थिए । बैनीले टिकटकमा म्यादीको बर्दीमा सजिएको फोटो राखेर लेखे–‘मेरो दाइ म्यादी प्रहरीमा ।’ ती बैनी र बलात्कृत किशोरी सामाजिक सञ्जालमा जोडिएका थिए । आफूलाई बलात्कार गर्ने युवकको फोटो देखेपछि उनले झापामा प्रहरीलाई खबर गरिन् । अनि, कमल पक्राउ गरेका हुन् ।

अदालतको फैसला कार्यान्वयनका लागी कमललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले  बताए । उनले भने–‘हामीले पक्राउ गरेर उदयपुर पठाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै