१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र प्रमुखलाई नजाने चुनौती, जाने सफलता

१२ जेष्ठ २०७९, बिहीबार ०२:५०

जेठ १२, काठमाडौं | स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ । उनीहरूले सहकार्य गरेर अघिबढे सफलता हासिल गर्ने कानुनविद्हरूको भनाइ छ ।

संविधानविद् काशिराज दाहाल र डा चन्द्रकान्त ज्ञवाली भन्छन् –‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएको विषय कार्यान्वयन गर्नु आवश्यक भए पनि कानुनतः स्वतन्त्र हैसियतमा उम्मेदार हुने व्यवस्था भएकोले दलले सहमति दिनुपर्छ ।’संविधानविद् दाहालले कानुनमा मेयर वा गाउँपालिका प्रमुखले के काम गर्ने स्पष्ट व्यवस्था छ ।

तोकेको काम गर्न कसैले रोक्दैन र सक्दैन पनि । उहाँका अनुसार जनताको माझमा पपुलर भएर मत ल्याएका मेयरले कुशलतापूर्वक काम गर्न सबै दलका जनप्रतिनिधिले सहयोग गर्नुपर्छ । उहाँले भन्नुभयो–‘नेतृत्व क्षमता व्यवस्थापनको कुशलता र काम गर्ने शैलीलाई सबैले प्रशंसा गर्नुपर्छ कसैले पनि रोक्न सक्दैन ।’

उत्कृष्ट काम गर्न जनताले मत दिएपछि दलले व्यवधान गर्न नहुने तर्क राख्दै उनले भने –‘काम गर्न बहुमत आएको वा अन्य दलका जनप्रतिनिधिले विवाद गर्छन् भने जनतामाझ जानुपर्छ ।’उनले यसअघि विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कुशलतापूर्वक काम गरेर वाहबाही कमाएको दाबी गरे ।

उनले संविधान र ऐनविपरीत आफू अनुकूलको काम गर्न खोजे त्यसलाई रोक्ने प्रमुख हतियार बहुमत ल्याएका दलका कार्यपालिकाको सदस्यको रहने बताउँदै भने–‘आफ्नो प्रतिबद्धता अनुसार काम गर्दा कसैले पनि विरोध गर्दैनन् ।’ नेपाल समाचारपत्र दैनिकबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी