२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरेलले आफ्ना पत्रकारको हत्या गरेपछि हेगमा गयो अल जजीरा

२०७९, १३ जेष्ठ शुक्रबार ०६:००

जेठ १३, काठमाडौं | अल जजीरा मिडिया नेटवर्कले आफ्नो पत्रकार शिरिन अबु अक्लेहको हत्यालाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पठाउन कानूनी टोली खटाएको छ।

अल जजीराले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफूले विज्ञसहितको अन्तर्राष्ट्रिय समिति गठन गरेको र अबु अक्लेहको हत्याको मुद्दालाई आईसीसीका अभियोजक कहाँ पेश गर्न दस्तावेज तयार गरिरहेको बताएको हो ।

मे ११ मा कब्जा गरिएको वेस्ट बैंकको जेनिन शरणार्थी शिविर नजिकै इजरेली सेनाले गोली हानेर अबु अक्लेहको हत्या गरेको थियो ।


उनको हत्या बाहेक अल जजीराले इजरेली बमबारी र  सन् २०२१ को मेमा अल जजीराको कार्यालयमा गरेको आक्रमण र अन्य पत्रकारहरुलाई निशाना बनाएका मुद्दाहरु पेश गर्ने भएको छ ।

अल जजीरा नेटवर्कको विज्ञप्तिमा भनिएको छ कि युद्ध क्षेत्र वा कब्जा गरिएका क्षेत्रहरूमा काम गर्ने पत्रकारहरूको हत्या वा शारीरिक आक्रमण अन्तर्राष्ट्रिय फौजदारी अदालतको चार्टरको धारा ८ अन्तर्गत युद्ध अपराध हो।

'अल जजीरा मिडिया नेटवर्कले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा चलिरहेको द्वन्द्वलाई कभर गर्ने पेशाकर्मी पत्रकारको रूपमा नेटवर्कसँग २५ वर्ष काम गरेका हाम्रा सहकर्मी शिरिन अबु अक्लेहको हत्याको निन्दा गर्दछ,' नेटवर्कले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

अल जजीराले जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ, 'नेटवर्कले शिरिनको लागि न्याय प्राप्त गर्न हरेक बाटो पछ्याउने, उनको हत्याका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउने र सबै अन्तर्राष्ट्रिय न्याय र कानूनी प्लेटफर्महरू र अदालतहरूमा जवाफदेही बनाइने सुनिश्चित गर्ने वाचा गर्दछ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै