१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरेलले आफ्ना पत्रकारको हत्या गरेपछि हेगमा गयो अल जजीरा

१३ जेष्ठ २०७९, शुक्रबार ०६:००

जेठ १३, काठमाडौं | अल जजीरा मिडिया नेटवर्कले आफ्नो पत्रकार शिरिन अबु अक्लेहको हत्यालाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पठाउन कानूनी टोली खटाएको छ।

अल जजीराले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफूले विज्ञसहितको अन्तर्राष्ट्रिय समिति गठन गरेको र अबु अक्लेहको हत्याको मुद्दालाई आईसीसीका अभियोजक कहाँ पेश गर्न दस्तावेज तयार गरिरहेको बताएको हो ।

मे ११ मा कब्जा गरिएको वेस्ट बैंकको जेनिन शरणार्थी शिविर नजिकै इजरेली सेनाले गोली हानेर अबु अक्लेहको हत्या गरेको थियो ।


उनको हत्या बाहेक अल जजीराले इजरेली बमबारी र  सन् २०२१ को मेमा अल जजीराको कार्यालयमा गरेको आक्रमण र अन्य पत्रकारहरुलाई निशाना बनाएका मुद्दाहरु पेश गर्ने भएको छ ।

अल जजीरा नेटवर्कको विज्ञप्तिमा भनिएको छ कि युद्ध क्षेत्र वा कब्जा गरिएका क्षेत्रहरूमा काम गर्ने पत्रकारहरूको हत्या वा शारीरिक आक्रमण अन्तर्राष्ट्रिय फौजदारी अदालतको चार्टरको धारा ८ अन्तर्गत युद्ध अपराध हो।

'अल जजीरा मिडिया नेटवर्कले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा चलिरहेको द्वन्द्वलाई कभर गर्ने पेशाकर्मी पत्रकारको रूपमा नेटवर्कसँग २५ वर्ष काम गरेका हाम्रा सहकर्मी शिरिन अबु अक्लेहको हत्याको निन्दा गर्दछ,' नेटवर्कले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

अल जजीराले जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ, 'नेटवर्कले शिरिनको लागि न्याय प्राप्त गर्न हरेक बाटो पछ्याउने, उनको हत्याका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउने र सबै अन्तर्राष्ट्रिय न्याय र कानूनी प्लेटफर्महरू र अदालतहरूमा जवाफदेही बनाइने सुनिश्चित गर्ने वाचा गर्दछ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन