१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जबरजस्ती करणी गर्न खोज्ने पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

१५ जेष्ठ २०७९, आईतवार ०२:४५

जेठ १५, काठमाडौँ | जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।

वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्। 

आफूलाई पनि प्रहरीले छोरीसँगै एक दिन थुनामा राखेको उनले बताइन्। त्यसैबेला प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको र निलडाम परेको आफूले देखेको उनले बताइन्। प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको देखेपछि आफूले भित्रै तेल मगाएर मालिससमेत गरिदिएको दुर्गादेवीले सुनाइन्। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले राकेशभक्तको हत्याबारे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ