२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा दुबई पठाएर झण्डै अढाइ करोड ठगी गरेको आरोपमा पाँच जना पक्राउ

२०७९, १६ जेष्ठ सोमबार १२:१३

जेठ १६, काठमाडौं | आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर भिजिट भिसामा दुबई पठाएर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच जनालाई पक्राउ गरेको छ । हालसम्म ७६ जना पीडितले दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी भएको भनि उनीहरुविरुद्ध लिखित जाहेरी दिएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार लमजुङको राईनास नगरपालिका–३ घर भएका मधुविलास बाँस्कोटा, सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका होमबहादुर खड्का, कागेश्वरी मनोहरा नगरपालिका–७ निवासी रञ्जना ढकाल प्याकुरेल, रुपन्देहीको देवदह नगरपालिका–५ घर भएका राजु भन्ने खुमबहादुर बस्याल र कागेश्वरी मनोहरा–७ घर भएका सन्तोष प्याकुरेललाई ठगी आरोपमा पक्राउ गरिएको हो ।


भिजिट भिसामा नेपालबाट दुबई पठाएर दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज एलएलसीको सञ्चालक कोमलराज उपाध्याय समेतको समूहले ‘आर्मस गार्ड’ मा ५०० जनाको माग भएको, मासिक ३ हजार दिरामसम्म पाउने र सो बापत जनही ३ लाख ५० हजारदेखि ८ लाख रुपैयाँसम्म खर्च लाग्ने भनेर फेसबुक, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालको पेजमा राखेर सर्वसाधारणलाई आकर्षित गरेको ब्यूरोको भनाइ छ ।

भ्रामक विज्ञापन राखेर आकर्षक तलब, सेवा तथा सुविधाको प्रलोभन देखाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारण व्यक्तिलाई समेत भिजिट भिसामा दुबई पु¥याएर ९० दिनभित्र काममा लगाइदिन्छु भने पनि काममा नलगाइ बिचल्ली बनाएर निजहरु फरार भएको विवरणसहित पीडितले ब्यूरोमा उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेमा पाँचै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ (ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर) मा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता