जेठ २१, तनहुँ | तनहुँको भिमाद नगरपालिका-९ मा शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किएर एक बालिकाको मृत्यु भएको छ। स्थानीय च्यानडाँडा बस्ने शिवनारायण के.सीका ११ वर्षीया छोरी सुवेक्षा के.सीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षका युवराज खड्काले जानकारी दिए।
पक्कीघरको कोठामा खाना पकाउने ग्याँस सिलिण्डर अचानक पड्किएर आगो लाग्दा कोठामै रहेकी सुवेक्षाको जलेर घटनास्थलमा मृत्यु भएको प्रहरीको भनाइ छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।