२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय फोटो पत्रकार सात महिनादेखि झापा कारागारमा

२०७९, २४ जेष्ठ मंगलवार ०८:०७

जेठ २४, काठमाडौँ | भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा सात महिनादेखि झापा कारागारमा छन् । उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए ।


चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा १०० डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

गत मङ्सिर २४ गते झापा जिल्ला अदालतमा पेश गरिएपछि उहाँलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाइ छ । अदालतको आदेशपछि उनी झापा कारागारमा छन् ।

घरमा आमा मात्र रहेका चौधरी ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपालको पहाडी पर्यटकीय स्थानको यात्राका लागि नेपाल आएको उनले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।

हाल झापा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको चौधरीको मुद्दामा चासो बढेको पाइएको छ । सात महिनादेखि झापामा प्रहरी हिरासत र कारागारमा रहेको उनको अवस्थाबारे भर्खरै मात्र सार्वजनिक भएको हो ।

नेसनल जिओग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका सञ्चारमाध्यममा चौधरीले स्वतन्त्र (फ्रिलान्सर) फोटो पत्रकारको रुपमा काम गरेको र उनको आफ्नै ‘स्निपर मंक ट्राभल्स’ नामक युट्युब च्यानल सञ्चालनमा रहेको अध्यक्ष वन्तले जानकारी दिए ।

चौधरीले नक्कली मुद्रा अपचलनका लागि नभएर भिडियो सुटिङका लागि मात्र अमेरिकी डलरको फोटोकपी गरेको पाइएको हुँदा उनको रिहाइ हुनुपर्ने माग गरिएको अध्यक्ष वन्तले बताए । भारतीय फोटो पत्रकार चौधरी निर्दोष रहेको भन्दै उनको रिहाइका लागि पहल गर्न थालिएको छ । उनी नक्कली नोटको कारोवारी नभएको दाबी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले रिहाइका लागि अनुरोध गरेका छन् । उनले छिट्टै मुद्दाको छिनोफोनो हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता