एजेन्सी | भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि"/>
जेठ २८, मुम्बई | एजेन्सी | भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि लेखेको पाइएको छ ।
सुसाइड नोटमा मृतकले आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने गरेको लेखेका छन् । सोही नोटमा उनले आत्महत्या गर्न गएको , अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्नु भनेर लेखेका छन् । बिहीबार साँझ नै ओम मोबाइलमा गेम खेलिरहेको बेला उनकी आमाले उनको हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरिन् ।
केही समयपछि आमा घर फर्किँदा उनले छोराले छाडेको सुसाइड नोट फेला पारेपछि मात्र थाहा पाइन् । सुसाइड नोट पाएपछि लगतै परिवारले प्रहरी चौकीमा खबर गरेका थिए । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ ।