२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाइटिङका कारण आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे, अस्पताल भर्ना

२०७९, ९ असार बिहीबार ०५:३७

असार ९, काठमाडौं | अत्यधिक डाइटिङका कारण एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् । 

१६५ सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर समस्या सामना गरेकी छिन् । सोही कारण उनी अस्पताल भर्ना भएकी थिइन् । 

Slimming-Obsessed Woman Weighs Just 25 Kg After Losing 40 Kg in a Year

हेङ्सुई सहरको एक अस्पतालका चिकित्सकहरू ती महिलाको तौल जम्मा २५ किलोग्राम देखेपछि चकित परेका थिए । उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । चिकित्सकहरूका अनुसार खानपानमा असन्तुलन वा अत्यधिक डाइटिङ गर्नेमा यस्तो समस्या देखिने गर्छ । 

उनका विभिन्न अंगले काम गर्न छोडेका थिए । मुटुमा समस्या देखिएको थियो भने कपाल झर्न सुरु भएको थियो । उनलाई ग्यास्टिक हुनुका साथै महिनावारी रोकिएको थियो । 

‘उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । शारीरिक र मानसिक अवस्था कमजोरीका बाबजुद उनले खानाका लागि कुनै इच्छा देखाइनन्’, महिलाको उपचार गर्ने एक डाक्टरले भने । उनले अगाडि थपे, ‘उनी गम्भीर बिरामी भइन् र धेरै अंगले काम गर्न छोडेपछि उनलाई उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । ’

जीवनशैलीमा गम्भीर परिवर्तन नगरेमा उनी मर्न सक्ने चेतावनीका बाबजुद ती महिलाले चिकित्सकले सिफारिस गरेको उपचार अस्वीकार गरेकी थिइन् । 

खानेकुरा छाड्नुको अतिरिक्त उनले क्याथर्टिक्स, रेचक र एक्युपङ्चरसहित अन्य तौल घटाउने विधिहरू प्रयोग गरेकी थिइन् । २५ केजी तौल भएकी ती  महिलालाई अहिले सामाजिक सञ्जालमा चीनको ‘पातलोपनको प्रतिक’ भनेर व्यंग्य गरिन थालिएको छ । चिनियाँ संस्कृतिमा पातलो पनलाई सधैं महत्व दिइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै