२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा किन छापिँदैन नोट, हजार भन्दा ५०० को नोट छपाइ महँगो अरु नोट छाप्न कति लाग्छ?

२० असार २०७९, सोमबार ०७:१६

असार २०, काठमाडौं | नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ । यसअघि सिक्का छाप्दै आएको राष्ट्र ब्याङ्कको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ ।

नेपालमा मेसिनहरू पुराना भएका छन् । साथै सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर्धाबाट छनौट गरिएको मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने निष्कर्ष निकालेर बाहिर छाप्न थालिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

ajaako_artha

राष्ट्र ब्याङ्कले छापिएका नोट वा सिक्काहरूको जाँच गरेर मात्रै बजारमा पठाउने गरेको छ । दैविक छनौट प्रक्रियाको आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्काहरूमा छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलनचल्तीमा पठाइने राष्ट्र ब्याङ्कको नोट तथा सिक्का टकमरी निर्देशिकामा उल्लेख छ ।

मुद्रा छापिसकेपछि बैंकका अधिकारीहरू सम्बन्धित देशको छापाखाना पुगेर आफ्नै उपस्थितिमा छपाइका लागि प्रयोग भएका प्लेटहरू नष्ट गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

राष्ट्र ब्याङ्कका अनुसार नोटहरू दुईदेखि तीन वर्षसम्म र सिक्काहरू पाँचदेखि छ वर्षसम्म प्रयोगमा रहने गरेका छन् । पुराना भएका नोट वा सिक्कालाई राष्ट्र बैंकले सुरक्षित तरिकाले नष्ट गर्ने गरेको छ । पछिल्लो समय पुराना नोटहरू धुल्याएर ब्रिकेट बनाउने गरेको छ ।

एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन दोब्बर बढी खर्च, हजार भन्दा ५०० दरका नोटको छपाइ महँगो

नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्य भन्दा दोब्बर बढी (साढे दुई रुपैयाँ) सम्म खर्च गर्ने गरेको छ । 

राष्ट्र ब्याङ्कका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ । सबैभन्दा बढी खर्च रु ५०० को नोट छाप्न लाग्दै आएको छ ।

ajaako_artha

अहिले रु १ र रु २ का नोट छापिँदैनन् र सिक्काहरू मात्रै छापिँदै आएका छन् । स्टिल र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाइ खर्च महँगो छ ।

बाहिर पित्तलको लेप लगाइएको भए पनि एक र दुई रुपैयाँ दरका सिक्का स्टिलबाट बनेका हुन्छन् । दुई रुपैयाँको सिक्का छाप्न प्रतिसिक्का रु २।७३ लाग्ने गरेको छ ।

महँगोमा सिक्का छपाइका कारण मात्रै राष्ट्र ब्याङ्कलाई हरेक वर्ष १० करोड घाटा हुने गरेको अधिकारीहरू बताउँछन् । राष्ट्र ब्याङ्कले पछिल्लो समय एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका १० करोड सिक्का छापेर राखेको छ ।

पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ । पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ ।

पछिल्लो पटक राष्ट्र ब्याङ्कलाई रु १,००० भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । रु १,००० को नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत छ ।

५०० को नोटमा थप सुरक्षा विशेषता रहेका कारण पनि महँगो भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की