१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सेयर लगानीकर्ताले एउटै बैंकबाट १२ करोड ऋण पाउने

७ श्रावण २०७९, शनिबार ०९:३६

साउन ७, काठमाडौँ | सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। सेयर बजार लगानीकर्ताले यसलाई ‘हर्ष न बिस्मात’भनेका छन्।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा १२ करोडको कर्जा सीमा नहटाइएकोमा ठूला लगानीकर्ता भने असन्तुष्ट देखिएका छन्। जोखिम भार र सेयर कर्जा सीमा सान्दर्भिक नभएको तर्क उनीहरूको छ। तर, साना र मध्यम लगानीकर्ताले भने यो नीति उचित भएको बताएका छन्। मुलुकको अर्थतन्त्र धराशायी भएका बेला मौद्रिक नीतिले सेयर बजारसम्बन्धी लिएको नीति उचित भएको उनीहरूको भनाइ छ। गभर्नर महाप्रसाद अधिकारीले ब्रोकरमार्फत सेयर बजार व्यवस्थित र नियमित हुँदै गएपछि मार्जिन कर्जाको सीमा हटाइने बताए। सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जामा सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा एक सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारी बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो