भदौ २४, काठमाडौं | सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २४, काठमाडौं | सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिन"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटर सन्दीप लामिछाने भन्छन्, ‘क्लार्कसँगको त्यो भेट….’

२४ भाद्र २०७३, शुक्रबार ०१:४०


भदौ २४, काठमाडौं | सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिनर लामिछाने अहिले फेरी चर्चामा छन् ।

असट्रेलियन क्रिकेटर माइकल क्लार्कले आफ्नो एकेडेमीका लागि लामिछानेलाई बोलाएका छन् । उनले त्यहाँ पहिलो श्रेणीको क्लबस्तरीय पतियोगिता पनि खेल्नेछन् । गत मेमा हङकङमा भएको एक प्रतियोगिताको दौरान लामिछानेको खेलबाट क्लार्क प्रभावित भएका थिए । क्लार्कसँग त्यो भेटबारे यसरी भनेका छन् ।

हङकङ क्रिकेट एसोसियसन एचकेसिएले आयोजना गरेको टी–२० ब्लिटुज टुर्नामेन्टको आयोजकले निमन्त्रणामा हङकङ जाने मौका जुर्यो ।

गत मे २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा चार टालीले सहभागिता जनाएका थिए । मलाई क्लोलोन क्यान्ट्न्सले बोलाएको थियो । हङकङ उड्नु सात दिनअघि क्यान्ट्न्सको कप्तानी अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले गर्ने भएपछि थप उत्साहित बनें । किनकि, अस्ट्रेलियाका पूर्वकप्तानसँग खेल्न पाउनु मेरा लागि ठूलो अवसर थियो ।

हङकङ पुगेको दिन अर्को खुसी थपियने । क्ध्लार्क र म एउटै होटलमा बस्दै थियौं । उनी साँझतिर हङकङ आएपनि पहिलो दिन भेट भएन । भोलिपल्ट अभ्यासमा जानका लागि आयाजकले क्लार्क र मलाई एउटै गाडी उपलब्ध गराएको थियो ।

अभ्यासमा जाने क्रममा क्लार्कसँग पहलिोपटक गाडीमा भेट भयो । सामान्य परिचयपछि क्लार्कले मप्रति निकै चासोका साथ प्रश्न गर्न थाले । हामीले नम्बर तथा ट्वीटरमा एक–अर्कालाई फलो गर्यौं । ह्वाट्स एपमा पनि साथी बन्यौं । उनले मेरो बलिङ पोजिसन र उमेरबारे जिज्ञासा राखे ।

पहिलो दिनमै अभ्यास खेलमा क्लार्क मेरा खेलबाट प्रभावित भए । उनले मेरो खेल मन पराए । मेरो बलिङ एक्सनको प्रशंसा गर्दै उनले केही महत्वपूर्ण टिप्स दिए । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव