१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हात गुमाएका मोरङका अरुण राई २ वर्षदेखि साउदीमा अलपत्र

२५ श्रावण २०७९, बुधबार ०८:२७

साउन २५, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएका छन्। उनी हाल साउदीमा नै अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राईभरको लागि गएका थिए ।

ड्राईभर कामको लागि नेपालमा गरिएको सम्झौता अनुसार १८ सय रियल प्रतिमहिना दिने सर्तमा साउदी पुगे तापनि उक्त कम्पनीले १२०० मात्र दिने सर्तमा काम दिएको र सोही काम  गरेका थिए। काम गर्दै जाँदा २५ जनावरी २०२० मा  सडक  दुर्घटना भयो । दुर्घटना भएलगत्तै हस्पिटल लाँदै गर्दा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो भने उनले सो दुर्घटनामा आफ्नो एक हात  गुमाए।


दुर्घटनामा भएको १० दिनपछि  हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन राखेको तर हालसम्म पनि स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ । कम्पनीका अनुसार स्वदेश फिर्ताको लागि आवश्यक काम भइरहेको र पाउनु पर्ने सेवा सुविधा र सडक दुर्घटनामा देखिएको गल्तीलाई मध्यनजर गर्दै स्वदेश फिर्तामा केही ढिलाइ हुने भनेता पनि २ वर्षदेखि राई साउदीमा नै बिना काम अलपत्र परेका छन्। सम्बन्धित मेनपावर पनि यो अवस्थामा बेखवर रहेको जानकारी दिए।

पीडित अरुण भन्छन्, 'परिवारलाई सुख सुविधा दिने उद्देश्यले साउदी आएको थिएँ। मैले सोचेजस्तो कम्पनी परेन। सम्झौता अनुसारको सेवा सुविधा पनि पाइनँ। दुर्घटनामा मेरो गल्ती पुलिस केसमा देखाएको छ। त्यो केश तनफिज कोटमा रहेको र हालसम्म पनि कुनै सुनाई भएको छैन। स्वदेश फिर्ताको लागि कठिन भएको छ।'

उनले थप भने, 'काठमाडौंको गंगबुमा रहेको नारायणी मेनपावरबाट साउदी जाँदा १ लाख २५ हजार तिरेको थिएँ। म अलपत्र परेपछि साउदीमा रहेको नेपाली दूतावास रियादमा सडक दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी गराएको थिएँ। लगतै दूतावासले सम्बन्धित कम्पनी र पीडितसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाएको थियो ।'

दूतावासका अनुसार पीडितले आफ्नो समस्या दूतावासमा दिए लगत्तै सम्बन्धित कम्पनी, मेनपावर, र  पीडितसँग छलफल गरी आवश्यक सहयोगको लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो। साथै पीडितले पाउनुपर्ने सेवा सुविधा  जोड दिइ  पिडीत पक्षमा देखिएको पुलिस केसलाई तनफिज कोटको फैसला अनुसार  स्वदेश फिर्ताको लागि  एक्जिट प्रकिया गरी आवश्यक सहयोग गर्ने जानकारी दिएको छ।

स्वदेश फिर्ता हुने आशामा रहेका राईको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले सि डी सी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रकम संकलन गरी ६ हजार साउदी रियल सहयोग गरेका थिए। पीडितको घरमा बुवा आमा लगायत श्रीमती र एक छोरी छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण