१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई जब अध्यागमनले रोक्यो…

२६ श्रावण २०७९, बिहीबार ०६:५१

साउन २६, काठमाडौँ । भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरी युएई हिँडेका उनीहरुलाई बुधबार अध्यागम कार्यालयले 'अफलोड' गरेको हो।

अध्यागमन स्रोतका अनुसार अधिकांशले मापदण्ड पूरा नगरेको र भनेबमोजिम कागजात पेस गर्न सकेनन्। 'अधिकांश महिलाले गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ लाई टेकेर भिजिट भिसामा युएई जान हिँडेका थिए। तर कसैले पनि त्यसको औचित्य पुष्टि हुने कागजात पेस गर्न सकेनन्। जसका कारण सबैको प्रस्थान अनुमति अस्वीकार गरेको हो,' स्रोतले भने।

गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ मा आफ्नो घरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनामा जाने व्यक्ति वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत हुने उल्लेख छ।

महिलाहरुको यत्रो ठूलो समूहलाई दलालहरुले अन्य प्रायोजका निम्ति विदेश लैजान लागेको आशंका अध्यागमन कार्यालयका अधिकारीहरुको छ। 'यतिका धेरै जनामध्ये कसै न कसैले त कागजात पेस गर्न सक्थ्यो। तर कसैले पनि पेस नगरेपछि आशंका बढेर गयो,' स्रोतको दाबी छ।

अध्यागन कार्यालयका अनुसार 'अफलोड' हुनेमा सोलुखुम्बुका सन्जिता राई, भोजपुरका कविता राई डंगोल, देवकी राई, प्यामदेकी शेर्पा, झापाका सुनिता तामाङ,  बर्दियाका सुकी विक, सिन्धुपाल्चोकका सुकुमाया तामाङ, कालिकोटका कमला बोहोरा, दाङका मोतीकला नेपाली, शान्तिदेवी विश्वकर्मा, सर्लाहीका पुनम थापा मगर, रसुवाका कल्पना थिङ, गोरखाका दुर्ग बानिया रहेका छन्।

त्यस्तै कलालीका प्रिया धिताल, दैलेखका सुनिता थापा, धादिङका दुर्गा परियार, सुर्खेतका गौरी बादी र सुनसरीका माइती कुमारी विश्वकर्मा रहेका छन्।

त्यस्तै आजै वैदेशिक रोजगारका लागि कतार हिँडेका चार जनालाई प्रस्थान अनुमति दिन अस्वीकार गरिएको छ। अध्यागमन कार्यालयले पाल्पाका भरत झेन्डी, खेमबहादुर झेन्डी, लोहबिर झेन्डी मगर र शेरबहादुर झेन्डी रहेका छन्। उनीहरुसँग श्रम स्वीकृति नरहेका अफलोड गरिएको अध्यागमन कार्यालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण