२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सस्तो मूल्यमा विद्युतीय चुलो बिक्री गर्दै सरकार

२०७९, २८ श्रावण शनिबार १२:०१

साउन २८, काठमाडौँ | सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ ।

कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भइरहेकाे छ ।

कम्पनीका बिक्री तथा बजार प्रवर्द्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न विद्युतीय चुुलो प्रयोगलाई बढाउने नीतिअनुरूप विद्युतीय चुलो बिक्री गरिरहेको जानकारी दिए ।


कम्पनीले बिक्री गरिरहेको विद्युतीय चुलो बजार मूल्यभन्दा तीन सय रुपियाँसम्म सस्तो रहेको उनले बताए ।

कम्पनीले इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य तीन हजार रुपियाँ तोकेको छ ।

यस्तै मिडिया ब्रान्डको इन्डक्सन चुलोको मूल्य चार हजार र इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २२ को मूल्य चार हजार पाँच सय रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

मिडिया ब्रान्डको इन्डक्सनमा दुई वर्षको वारेन्टी रहेको र यो बजार मूल्यभन्दा सस्तो रहेको पनि कम्पनीको दाबी छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्रमाणित गरेको उच्च गुणस्तरको चुलो बजार मूल्यभन्दा सस्तोमा बिक्री गरिरहेको कम्पनीको दाबी छ ।

सस्तो दरमा उपलब्ध गराएपछि अहिले विद्युतीय चुलोको दैनिक बिक्री पनि बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले दैनिक २५ वटासम्म चुलो बिक्री भइरहेको छ ।

बजारमा खाना पकाउने ग्यासको मूल्य बढेपछि उपभोक्तालाई राहत दिने उद्देश्यले विद्युतीय चुलो पुनः सस्तोमा बिक्री गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि चीन सरकारको अनुदानमा प्राप्त चुलो कोरोना महामारीको समयमा बिक्री गरेको थियो ।

चालू आवको बजेटमा खाना पकाउने इन्धनका रूपमा प्रयोग हुने दाउरा गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युतीय चुुलो, सुधारिएको चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक रूपमा प्रवर्द्धन गरी एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच विस्तार गरिने उल्लेख छ ।

ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौती गरी विद्युत् उपयोगमा अनुदान प्रदान गर्ने बजेटमा उल्लेख छ । ग्यासभन्दा सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुलोको प्रयोग पनि बढ्दै गएको छ । 

कम्पनीले चुलोबाहेक अनलाइनबाट खाद्य सामग्री पनि बिक्री वितरण गरिरहेको छ । कर्णालीको सिमी, मार्सी चामल, प्रिमियम ननपोलिस बासमती चामल, घिउ, तेल, मार्सी चामल, एसटीसी ग्यासलगायतका अन्य खाद्य सामग्री आफ्नो बिक्री केन्द्रबाट अनलाइनमार्फत उपलब्ध गराइरहेको जनाएको छ ।

उपत्यकाको ट्राफिक मध्यनजर राख्दै उपभोक्ताको आवश्यकताअनुसार काठमाडौँको रामशाह पथ, थापाथली, भक्तपुर र ललितपुरको नख्खुबाट उपभोग्य वस्तु निःशुल्क अनलाइनबाट घरसम्मै डेलिभरी गरिरहेकाे कम्पनीले जानकारी दिएको छ ।

हाल अनलाइनबाट एक जनाले दुई हजार रुपियाँदेखि १५ हजार रुपियाँको सामान अनलाइनमा खरिद गर्न सकिन्छ । गाेरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता