१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे २ किलो ‘सुन जडित कपडा’ सहित चारजना विमानस्थलबाट पक्राउ

१ भाद्र २०७९, बुधबार ०५:४५

भदौ १, काठमाडौँ |  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'सुनसहितको कपडा' सहित चारजना पक्राउ परेका छन् ।

दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेर तथा अन्य दुईजनालाई 'सुनसहितको कपडा'सहित पक्राउ गरेको हो । 


साउन २९ गते विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनले लगाएको खैरो रङको कटनको पाइन्ट र कालो–खैरो छिर्के भित्री वस्‍त्र अस्वाभाविक देखिएको र चेकजाँच गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृति देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरको थियो । जवाफमा उनले सो कपडा लिन सिन्धुपाल्चोक भोटेकोशी ५ का धनबहादुर बिक आउने बताएका थिए । 

उनको बयानका आधार प्रहरीले ३० वर्षीय धनबहादुरलाई नियन्त्रणमा लिएको थियो । उनीसँग सोधपुछ गर्दा 'सुनसहितको कपडा लैजानका लागि आएको हुँ' बताएको विमानस्थल प्रहरीले जनाएको छ ।

त्यसैगरी साउन ३० गते दुबईबाटै आएका मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेरलाई पनि प्रहरीले पक्राउ गरेको छ । चेकजाँचमा क्रममा खरानी रङको कटनको पाइन्ट, खैरो रङको गन्जी र कालो खैरो छिर्के भित्री वस्‍त्रको तौल अस्वाभाविक रूपमा एक केजी ७०० ग्रामको देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो । 

उनले पछि 'सुनसहितको कपडा' भएको जवाफ दिएका थिए । साथै उनले सो कपडा लिन शेखर नाम गरेको व्यक्ति आउने बताएका थिए । उनैलाई शेखर भनिएको व्यक्तिलाई बोलाउन लगाउँदा सिन्धुली कमलामाई ५ का २६ वर्षीय सागर न्यौपाने आएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनले पनि "उक्त सुनसहितको कपडा लैजानका लागि आएको' बताएका थिए ।

उनीहरूलाई सबैलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण