२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोटेश्वरमा युवकको हत्या गरेर कतारमा लुकेका थिए रामकुमार, १६ वर्षपछि पक्राउ

२०७९, १ भाद्र बुधबार ०९:०९

भदौ १, काठमाडौँ | काठमाडौंको कोटेश्वर चोकमा सामान्य विवाद हुँदा २०६३ साउन २ मा मनोज खड्कालाई एकजना युवकले साथी बोलाएर आक्रमण गरे । कुटपिटबाट गम्भीर घाइते भएका २३ वर्षका मनोज खड्कालाई ट्याक्सी चालकले अस्पताल लाँदै थिए, वीर अस्पताल नपुग्दै उनको मृत्यु भयो ।

कुटेर भाग्ने मध्येका मुख्य व्यक्ति थिए राम कुमार मगर । दोलखाका बैतेश्वर गाउँपालिका–२ टार घर भएका ३६ वर्षका रामकुमार आफूलाई कुमार लामा र कुमार भोटे भनेर चिनाउँथे । एक्कासी भएको विवादमा धारिलो हतियार प्रहार गरेर मनोजको हत्यापछि रामकुमार भारततिर लागे । त्यहाँबाट कतार भागेका उनलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । रेड कर्नर नोटिश जारी गरेर प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको समन्वयमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

कोटेश्वर चोकमा एक्कासी मनोज खड्कासँग विवाद भएपछि राम कुमारले साथी बोलाएर कुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीसहित ५ जनाले कुटेको र मनोज अचेत भएर ढलेपछि आरोपीहरु भागेका थिए । मृतकले ट्याक्सि चाकलसँग ‘कुमार भोटेले मलाई कुटेको’ भनेका थिए । ट्याक्सि चालकको बयानका आधारमा प्रहरी राम कुमारसम्म पुगेको थियो । 

घटनास्थलमा फेला परेको फोटो र चालकको बयानका आधारमा ११ वर्षदेखि पछ्याएर आरोपीलाई पक्राउ गरिएको अनुसन्धानका संलग्न एकजना अधिकृतले  बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै