१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोटेश्वरमा युवकको हत्या गरेर कतारमा लुकेका थिए रामकुमार, १६ वर्षपछि पक्राउ

१ भाद्र २०७९, बुधबार ०९:०९

भदौ १, काठमाडौँ | काठमाडौंको कोटेश्वर चोकमा सामान्य विवाद हुँदा २०६३ साउन २ मा मनोज खड्कालाई एकजना युवकले साथी बोलाएर आक्रमण गरे । कुटपिटबाट गम्भीर घाइते भएका २३ वर्षका मनोज खड्कालाई ट्याक्सी चालकले अस्पताल लाँदै थिए, वीर अस्पताल नपुग्दै उनको मृत्यु भयो ।

कुटेर भाग्ने मध्येका मुख्य व्यक्ति थिए राम कुमार मगर । दोलखाका बैतेश्वर गाउँपालिका–२ टार घर भएका ३६ वर्षका रामकुमार आफूलाई कुमार लामा र कुमार भोटे भनेर चिनाउँथे । एक्कासी भएको विवादमा धारिलो हतियार प्रहार गरेर मनोजको हत्यापछि रामकुमार भारततिर लागे । त्यहाँबाट कतार भागेका उनलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । रेड कर्नर नोटिश जारी गरेर प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको समन्वयमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

कोटेश्वर चोकमा एक्कासी मनोज खड्कासँग विवाद भएपछि राम कुमारले साथी बोलाएर कुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीसहित ५ जनाले कुटेको र मनोज अचेत भएर ढलेपछि आरोपीहरु भागेका थिए । मृतकले ट्याक्सि चाकलसँग ‘कुमार भोटेले मलाई कुटेको’ भनेका थिए । ट्याक्सि चालकको बयानका आधारमा प्रहरी राम कुमारसम्म पुगेको थियो । 

घटनास्थलमा फेला परेको फोटो र चालकको बयानका आधारमा ११ वर्षदेखि पछ्याएर आरोपीलाई पक्राउ गरिएको अनुसन्धानका संलग्न एकजना अधिकृतले  बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण