१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन: अध्ययन

५ भाद्र २०७९, आईतवार ०९:२६

भदौ ५, काठमाडौं | ‘भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुन्छ ।’ अहिले जनमानसमा यस्तै बुझाइ छ । खासगरी महिलाहरुले राति सुत्दा ब्रा तथा पेन्टी लगाउनु हानिकारक हुन्छ भनिंदै आएको छ । कतिपय अंग्रेजी-हिन्दी जर्नलहरुमा लेखिएको देखिन्छ, ब्रा लगाउँदा स्तन क्यान्सर हुन्छ ।


तर भित्री वस्त्रकै कारण क्यान्सर भएको कुरामा कुनै वैज्ञानिक आधार छैन । सन् २०१४ मा यसैसँग सम्बन्धित एउटा अध्ययन भएको थियो । उक्त अध्ययनमा १५ सय महिलालाई सहभागी गराइएको थियो । करिब १० वर्ष लगाएर गरिएको उक्त अध्ययनको निचोड थियो, स्तन क्यान्सर हुनुमा ब्राको कुनै सम्बन्ध छैन ।

सुत्दा भित्री वस्त्र लगाउनु हुन्न ?

राति सुत्दा भित्री वस्त्र लगाउने वा नलगाउने भन्ने कुरामा धेरै द्विविधा हुन्छ । यसो किन पनि भनिएको हुनुपर्छ भने भित्री वस्त्र कसिलो हुन्छ । कसिलो ब्रा र पेन्टी लगाएर सुत्दा असहज महसुस हुन सक्छ । यसले पक्कै पनि निद्रामा असर गर्न सक्छ । अर्थात् गहिरो निद्रा लिनमा बाधा हुन सक्छ ।

त्यसैगरी कसिलो लुगाले रक्तसञ्चार प्रणालीमा असर गर्छ । हाम्रो शरीरको छालामुनि पानी जस्तो तरल पदार्थ (लिम्फ) बगिरहेको हुन्छ । धेरै कसिलो र तार भएको ब्रा लामो समयसम्म लगाइरहँदा छालामा दबाब परेर लिम्फ राम्ररी बग्न नपाएर सुन्निने समस्या हुन सक्छ ।

यिनै कारण राति सुत्दा भित्री वस्त्र लगाउन उपयुक्त नहुने भनिएको हो ।

मासिक श्रावको बेला ब्रा लगाउनु हुन्न ?

मासिक श्रावको बेला पनि ब्रा लगाउनु उचित मानिंदैन । किनकि महिनावारीको समयमा महिलाहरूको हर्मोन परिवर्तन भएको हुन्छ । त्यो बेला स्तनको आकार बढ्ने दुख्ने हुन्छ ।  त्यसले गर्दा कसिलो ब्रा लगाउँदा दुखाइ झन् बढ्न सक्छ । त्यसैले ब्रा नलगाउँदा उचित हुन्छ । र, लगाउनै परे पनि धेरै कसिलो ब्रा लगाउनु हुँदैन ।

पेन्टीले पिसाब संक्रमण हुन्छ ?

पेन्टी लगाउँदा युरिन इन्फेक्सन हुने होइन । यदि पेन्टी सफा छैन भने चाहिं युरिन इन्फेक्सन जस्तो समस्या हुन्छ । पेन्टीको कारणले भन्दा पनि सफा नगरिएको पेन्टी लगाउँदा समस्या हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण