१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटे भन्दै गर्लफ्रेण्डले छाडेपछि एक वर्षमै यस्तो शरीर !

१० भाद्र २०७९, शुक्रबार ०९:२५

भदौ १०, काठमाडौं | एजेन्सी | बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ ।

मोटोपनाकै कारण प्रेम तथा वैवाहिक सम्बन्धहरु समेत टुटेका विभिन्न समाचार बेलाबखतमा पढ्न पाइन्छ । हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

डेलीस्टारमा प्रकाशित समाचार अनुसार निकै मोटो जिउ भएकै कारण एकजना युवकलाई उनकी प्रेमिकाले छाडेकी थिइन् । मोटे भनेर गर्लफ्रेण्डले छाडेपछि ती युवकलाई पिर त पर्यो नै उनले उक्त शोकलाई शक्तिमा बदल्ने प्रण गरे ।


त्यसपछि उनले आफ्नो जिउको बोसोलाई यसरी घटाए कि झण्डै डेढ क्विन्टल तौल भएका ती युवक अहिले ६९ किलोका भएका छन् । गर्लफ्रेण्डको इखले झण्डै आधा शरीर घटाएका ती युवकको चर्चा सोसल मिडियामा चुलिएको छ ।

समाचार अनुसार पुवी नामका ती युवकलाई गतवर्ष उनकी प्रेमिकाले निकै मोटो भएको भनेर छाडेकी थिइन् । ब्रेकअपपछि पुवी केही दिनसम्म चिन्तामा डुबेर बसे । तर केही दिनमै उनले त्यो पीडालाई शक्तिमा बदले र आफुलाई तन्दुरुस्त राख्ने प्रण गरे । त्यसपछि उनले आफ्नो जिवनशैलीमा परिवर्तन गरे ।

आफ्नो शरीरको रुपान्तरणका बारेमा टिकटकमा एक भिडियो शेयर गरेका उनले आफ्नो वजन १ सय ३९ किलोबाट ६९ किलोमा झरेको उल्लेख गरेका छन् ।

भिडियोमा उल्लेख गरे अनुसार गर्लफ्रेण्डले छाडेको केही दिनमै उनी जिमखाना जान सुरु गरे । सुरुमा उनले शरीरको वजन कम गरे र त्यसपछि फिटनेस र लुक्समा मेहेनत गरे । केही महिनामा त उनले एब्स पनि बनाए ।

प्हिले ट्रिपल एक्स एल साइजका कपडा लाग्ने उनको शरीरमा अहिले एल साइजका कपडा फिट हुने पुवी बताउँछन् ।

ऋाफ्नो शरीरको यस्तो चामत्कारिक रुपान्तरणको श्रेय उनी कडा मेहेनत र आहारलाई दिन्छन् । उनले जिमखानामा व्यायाम गर्नुका साथै आफ्नो डाइटमा पनि ध्यान दिए । तौल नियन्त्रणका लागि खानेकुरामा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

उनले भोजनमा धेरै प्रोटिनयुक्त खानेकुरा खान्थे । हरिया सागपात, कुखुराको मासु, अण्डा, ब्रेड आदि उनको भोजनमा सामेल भए । गुलियो, चिल्लो तथा बढि क्यालोरीयुक्त खानेकुराहरुबाट उनी टाढै रहे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग