२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाजपा नेत्री तथा टिकटक स्टार सोनाली फोगाटको बलात्कारपछि हत्या भएको दाबी, दुई सन्दिग्ध पक्राउ

१० भाद्र २०७९, शुक्रबार ११:२३

भदौ १०, काठमाडौं | भारतीय जनता पार्टीकी नेत्र सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाट भूतपूर्व टिकटक स्टार थिइन्।

ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन्।


फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा "कैयौँ चोट" पाइएपछि ती व्यक्तिहरू पक्राउ परेका हुन्।

फोगाट ४२ वर्षकी थिइन् र उनको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो।

सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन्।

उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्।

धम्कीको आरोप

समाचार च्यानल एनडीटीभीलाई उनले बताएअनुसार ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए।

त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन्।

परिवारले पत्रकारहरूलाई फोगाटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ।

त्यस बेला उनको बोली "निकै डराएको र विचलित भए जस्तो" सुनिएको थियो।

समाचारहरूमा जनाइएअनुसार फोगाटले आफ्ना सहयोगीहरूसँग रेस्टुराँमा भएको बेला असहज महसुस गरेकी थिइन्।

उनलाई अस्पताल लगियो त्यहाँ फोगाटलाई "मृत" घोषणा गरिएको थियो।

द टाइम्स अफ इन्डिया अखबारले उद्धृत गरेका विधिविज्ञान विज्ञले उनको शरीरमा "आलो घाउ" रहेको र त्यसको कारण "मुक्का प्रहार वा उनी लड्दा भएको हुनसक्ने" बताएका छन्।

पोस्टमोर्टम प्रतिवेदन सार्वजनिक भएको घण्टौँपछि गोआ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जनाएको हो। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो