२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाजपा नेत्री तथा टिकटक स्टार सोनाली फोगाटको बलात्कारपछि हत्या भएको दाबी, दुई सन्दिग्ध पक्राउ

२०७९, १० भाद्र शुक्रबार ११:२३

भदौ १०, काठमाडौं | भारतीय जनता पार्टीकी नेत्र सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाट भूतपूर्व टिकटक स्टार थिइन्।

ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन्।


फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा "कैयौँ चोट" पाइएपछि ती व्यक्तिहरू पक्राउ परेका हुन्।

फोगाट ४२ वर्षकी थिइन् र उनको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो।

सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन्।

उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्।

धम्कीको आरोप

समाचार च्यानल एनडीटीभीलाई उनले बताएअनुसार ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए।

त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन्।

परिवारले पत्रकारहरूलाई फोगाटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ।

त्यस बेला उनको बोली "निकै डराएको र विचलित भए जस्तो" सुनिएको थियो।

समाचारहरूमा जनाइएअनुसार फोगाटले आफ्ना सहयोगीहरूसँग रेस्टुराँमा भएको बेला असहज महसुस गरेकी थिइन्।

उनलाई अस्पताल लगियो त्यहाँ फोगाटलाई "मृत" घोषणा गरिएको थियो।

द टाइम्स अफ इन्डिया अखबारले उद्धृत गरेका विधिविज्ञान विज्ञले उनको शरीरमा "आलो घाउ" रहेको र त्यसको कारण "मुक्का प्रहार वा उनी लड्दा भएको हुनसक्ने" बताएका छन्।

पोस्टमोर्टम प्रतिवेदन सार्वजनिक भएको घण्टौँपछि गोआ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जनाएको हो। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता चितवन -२ मा रवि लामिछानेको अग्रता कायमै, अन्य उम्मेदवार निकै पछाडि चितवन ३ मा सोविताको अग्रता कायमै काठमाडौँ–१ मा रास्वपा उम्मेदवार रञ्जु १५ हजार ४५५ मत ल्याएर विजयी सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक