२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दर खाने दिन : के खाने के नखाने ?

२०७९, १३ भाद्र सोमबार ०७:४६

भदौ १३, काठमाडौँ | हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष चाड–हरितालिका तीज । आज त्यसैको अघिल्लो दिन अर्थात दर खाने दिन । तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ ।

विशेषगरी यो दिन मिठा मिठा परिकार बनाएर खाने, नाचगान गरिन्छ । विवाह गरेका चेलीहरु माइती आउँछन् । वर्षभरका दुःख सुख साटासाट गर्दै तीजलाई हर्षोल्लासका साथ मनाउँछन् ।


राति चिल्लो तथा पिरो खानेकुरा खाएर भोलिपल्ट दिनभर निराहार व्रत बस्नु स्वास्थ्यका घातक हुनसक्छ । व्रत बस्नुभन्दा २४ घण्टा अगाडिसम्म खाँदा खासै फरक नपरे पनि १०, १२ घण्टा अगाडि धेरै चिल्लो पिराे र गुलियो खानेकुरा खाँदा त्यसले विभिन्न जोखिम निम्त्याउन सक्छ । हामीले दैनिक रुपमा खानेभन्दा फरक प्रकृतिको खानेकुरा खाँदा हाम्रो पाचन प्रणालीले त्यसलाई सहन गर्न सक्दैन । त्यसलाई पचाउन सक्दैन । खाना पचेन भने विभिन्न खालका स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

दरमा कतिपयले मासु खाने गर्छन् । त्यसरी मासु खाँदा  धेरै नुन तथा मसला राख्नुहुँदैन ।  यस्तै दूधबाट बनेका परिकारमा पनि धेरै गुलियो, चिल्लो राख्नुहुँदैन ।  तरकारी तथा अचारमा धेरै पिरो मसला पनि धेरै राख्नु हुँदैन । यदि लामो समयको  खाली पेट भएको बेला दर खान लागिएको छ भने सुरुमा नुनिलो र संयुक्त परिकार खानु पर्दछ । दर खाँदा आफ्नो शरीरमा चाहिने जति मात्रै खानु पर्दछ । धेरै खाएमा बान्ता हुने लगायतका अरु खालका स्वास्थ्य समस्या हुन देखिन सक्छ । दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य रुपमा समावेश गर्नुपर्छ । सामूहिक रुपमा दर खाँदा फुड पोइजन हुनसक्ने भएकाले सचेत  हुनुपर्छ । यस्तै दरसँग जाँडरक्सी खानु हुँदैन ।

के खाने  ?

– दरमा चिल्लो र पिरो कम भएको खानेकुरा समावेस गर्नुपर्छ ।

– दर खाँदा घरमै बनाएको खानेकुरा खानुपर्छ ।

– मासु खानेहरुले थोरै खाने र शाकाहारीहरुले दूध र दूध जन्य परिकारहरु पनि आफ्नो स्वास्थ्य हेरेर खाने ।

– दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ ।

– हिन्दू संस्कारअनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समय–समयमा व्रत बस्नु स्वास्थ्यको उपयुक्त मानिन्छ । तर, पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्छ ।

कस्ता खानेकुरा नखाने ?

– दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्नेक्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पीरो खानेकुरा खानुहुँदैन ।

– दर खाने दिन बजारमा पाइने विभिन्न रंगका मिठाइ पनि खाने चलन छ । तर, यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुन सक्छ । त्यसैले बजारबाट रंग प्रयोग भएका मिठाइ नखाने ।

– व्रतको दिन आडिलो हुन्छ भनेर घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइने भएकाले धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ ।

– साथै, मासु खानेहरुले अघिल्लो दिन धेरै मात्रामा माछामासु खाने र शाकाहारीले धेरै दुग्धजन्य परिकार खान्छन् । जसकारण अपच हुन सक्छ । त्यसैले दर खाने दिनमा धेरै माछामासु र दुग्धजन्य परिकार खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै