२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को नतिजा सार्वजनिकतिर जुट्यो बोर्ड, लेटर ग्रेडिङ निर्देशिकाअनुसार नतिजा प्रकाशन हुने

२०७९, १५ भाद्र बुधबार ०५:११

भदौ १५, काठमाडौँ | कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ लगभग सकिएको छ । अहिले नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काममा बोर्ड जुटिरहेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा ‘अबको केही दिनभित्रै परीक्षाफल प्रकाशन हुने’ बताउँछन् । ‘यही दिन प्रकाशन हुन्छ भन्न त सकिन्न, तर एक दुई दिनभित्रै नतिजा सार्वजनिक हुनेछ’, ‘अहिले प्राविधिक विषयलगायत अन्तिम चरणको काम भइरहेको छ ।’ उनले भने। 


बोर्डले यसअघि मंगलबार नै कक्षा १२ को परीक्षाफल प्रकाशन तयारी गरेको थियो । ‘प्राविधिक विषय’ नटुंगिएपछि ‘त्यसको हल चाँडै गरेर नतिजा प्रकाशन गर्ने’ बोर्डको योजना छ । नतिजा सार्वजनिक विषयलाई लिएर मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनसम्बन्धी छलफल भएको छ ।

गत १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरिएको परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी थिए ।

बोर्डले यसपटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’अनुसार नतिजा प्रकाशन हुने जनाएको छ । सो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ भने सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ ।

तोकिएको अंकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ‘एनजी’ अर्थात् ‘नन ग्रेडिङ’ लेखिनेछ । ‘एनजी’ लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउनेछैनन् ।

त्यसो त, यसअघि पनि बोर्डले १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई ‘ग्रेडसिट’ मात्रै उपलब्ध गराउने गरेको थियो । बोर्डले कक्षा १२ मा भने ‘लेटर ग्रेडिङ निर्देशिका’ कार्यान्वयन हुने प्रस्ट पारेको छ । – राजधानीदैनिकबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै